२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लोकमानलाई कालोमोसो दल्नेलाई यसरी लिइयो नियन्त्रणमा

कालोमोसो दल्ने विप्लव माओवादीका विद्यार्थी नेता
जनकराज सापकोटा

काठमाडौं — अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा म्याद बुझ्नका लागि उपस्थित हुँदा अखिल क्रान्तिकारी विप्लव समूहका केन्द्रिय सदस्य प्रकाश शाही र चन्द्रबहादुर बूढाले कालोमोसो दलेका छन् । पेशी कोठामा लोकमानले म्याद बुझिरहेको बेला पछाडिबाट आक्रमण गर्दै उनको मुखमा कालोमोसो दलिएको हो ।

लोकमानलाई कालोमोसो दल्नेलाई यसरी लिइयो नियन्त्रणमा

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा म्याद बुझ्नका लागि उपस्थित हुँदा अखिल क्रान्तिकारी विप्लव समूहका केन्द्रिय सदस्य प्रकाश शाही र चन्द्रबहादुर बूढाले कालोमोसो दलेका छन् ।

पेशी कोठामा लोकमानले म्याद बुझिरहेको बेला पछाडिबाट आक्रमण गर्दै उनको मुखमा कालोमोसो दलिएको हो । लोकमानको मुखमा मोसो दलेर ती व्यक्ति परिसरबाट 'माअाेवादी जिन्दावाद'काे नारा लगाउँदै भाग्न खोज्दा प्रहरीले पक्राउ गरेका थिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले अाफ्ना कार्यकर्ताले कालाेमाेसाे दलेकाे जिम्मेवारी लिएका छन् । 'हाम्राे पार्टीकाे नीति अनुसार नै कालाेमाेसाे दल्ने काम गरिएकाे हाे,' उनले भने, 'भ्रष्टहरुलाई कालाेमाेसाे दल्ने कामलाई हामी निरन्तरता दिन्छाैं ।'



महानगरीय प्रहरी कार्यालयका प्रमुख एअाइजी प्रतापसिंह थापाका अनुसार सर्वोच्च परिसरमा पक्राउ परेका दुवै व्यक्ति अहिले महानगरीय प्रहरी परिसर काठमाडाैं लगिएकाे छ । प्रहरीकाे बाक्लाे तैनाथीकाे बाबजुद कसरी घटना भयाे भन्ने बारे अध्ययन सुरु गरिएकाे पनि उनले बताए ।

















तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : पुस ७, २०७३ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?