विद्यालयमा बमै बम (फोटो फिचर)- फोटोफिचर - कान्तिपुर समाचार

विद्यालयमा बमै बम (फोटो फिचर)

कान्तिपुर संवाददाता

काठमाडौं — राजधानीका विद्यालयहरुमा मंगलबार बिहान एकाएक बम आतंक फैलियो । जोरपाटीस्थित मनकामना स्कुल र आकाशदीप स्कुलमा बम विष्फोट गराइयो ।

दुवै स्कुलमा प्रेसर कुकर बम राखिएको थियो ।

राजधानीका विद्यालयहरुमा मंगलबार बिहान एकाएक बम आतंक फैलियो । जोरपाटीस्थित मनकामना स्कुल र आकाशदीप स्कुलमा बम विष्फोट गराइयो ।

दुवै स्कुलमा प्रेसर कुकर बम राखिएको थियो । आकाशदीपको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलको पछाडि भागमा विष्फोट भएको हो । आकाशदीपमा बिहान साढे ३ बजे र मनकामनामा बिहान पौने ४ बजे बम विष्फोट भएको हो ।

सानेपाको रेडियन रिडर्स एकेडेमी, डल्लुको कञ्चनजंघा स्कुल, बौद्धमा रहेका राई स्कुल र इस्टपोल स्कुल तथा जोरपाटी माकलबारीमा रहेको बालसंसार सेकेन्डरी स्कुलमा पनि शंकास्पद वस्तु फेला परेको थियो ।

बम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले डिस्पोज गराएको छ ।

यो पनि हेर्नुहोस्- राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला

प्रकाशित : आश्विन ४, २०७३ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

३० लाख कोरियन वनको खेल उपाधि जापानवासी नेपालीलाई

प्रकाश पन्थी

टोकियो (जापान) — दक्षिण कोरियामा भएको एक फुटबल खेलमा जापानवासी नेपालीले उपाधि जितेका छन् । दक्षिण कोरियामा नेपालीहरुको सबैभन्दा ठूलो धनराशीको भनिएको ३० लाख वनको उपाधि नेपालीले हात पार्न सफल भए ।


 
दक्षिण कोरियामा सञ्चालित खेलमा जापानबासी नेपाली युवाहरुले स्थापना गरेको नेपाल जापान फुटवल क्लवका खेलाडीले बुसान कप फुटवल प्रतियोगिता अन्तरगत कोरियाको स्थानीय मेची महाकाली समूहलाई हराएर उपाधि हात पार्न सफल भएका हुन् ।
 
उपाधी हात पार्न जापान फुटवल क्लवका रितन श्रेष्ठले मेची महाकाली समूहलाई २–० गोलले हराउँदै गोल गरे । मेची महाकाली समूहले १५ लाख वन पायो ।
 
उपाधी अघि जापानको टोलीले सेमिफाइनलमा गुन्जाओ फुटवल क्लवलाई १–०ले रोकेपनि नेपाली राष्ट्रिय समूहमध्येको स्टार खेलाडी सन्तोष साहुखलले गोल गर्न सफल भएका थिए ।
 
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने रितन श्रेष्ठ वेष्ट प्लेयर घोषित भए । गोल रक्षक रञ्जीत गुरुङ अब्बल देखिए । जापानबाट १८ खेलाडीको नेतृत्व गर्दै क्लवका अमृत गुरुङ गत मंगलवार कोरिया पुगेका थिए ।
                                                             
जापानबाट नेपाल जापान फुटवल क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आएको यी दुबै खेलमा यो बर्षपनि निरन्तर दिदै सहभागिता जनाएको जापानी टोलीले पहिलो खेल अन्तर्गत दोगुन्सान कप फुटवल प्रतियोगितामा भिडेको थियो ।
 
शुक्रबार नै नागर्जुन मैत्रीपूर्ण फुटवल प्रतियोगिता अन्तर्गत कोरियाको खेलमैदानमा देखिए पनि उपाधि भने हात पार्न सकेन । यो खेल कोरियाको राजधानी सोलको दोङदुचन फुटवल ग्राउण्डमा गत बुधवार भएको थियो ।
 
कोरियाको स्थानिय ओसिकोदो फरेनर माईग्रेन्ट सेन्टर नेपाली समाज गुन्सानले आयोजना गर्ने प्रतियोगितामा सहभागिताका लागि जापानभर बिभिन्न चरणमा छनोट भएका खेलाडी पठाएर उपाधी जितपछि नेपाल जापान फूटबल क्लबका  अध्यक्ष लेनिन भट्टचनले अर्कोबर्षदेखीको खेलमा अझ दरिलो भएर अघि बढ्ने बताए ।
 

प्रकाशित : आश्विन ४, २०७३ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×