कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

यिनको जीवन

श्रावण २८, २०८१

राजनीतिमा आज पनि भागबन्डाकै खेलो
बाँडीचुँडी खानुबाहेक छैन मेसोमेलो
कृषि, शिक्षा, वातावरण भताभुंग भयो
देशको हालत भत्किएको छाप्रो जस्तो भयो

गुटको खेती, झुटको खेती नमेटिने हो
पूर्वतिर न्यानो घाम नदेखिने भो
दूरदर्शिता, पारदर्शिता हराएरै गयो
देश विकासको नारा जति बेकारै पो भयो
देशवासीलाई सदाकाल मूर्ख बनाएर
यिनको जीवन सकिने भो ठुस्स गन्हाएर ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : श्रावण २८, २०८१ ०६:५२
x
×