कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

हाम्रा नेता

श्रावण २२, २०८१

पटक–पटक चुनाव जितेर
सांसद भइरहनुपर्ने, मन्त्री भइरहनुपर्ने
प्रधानमन्त्री भइरहनुपर्ने, भ्रमण/उपचार गरिरहनुपर्ने
जे पनि बोलिरहनुपर्ने, ताली खाइरहनुपर्ने

जे गरे पनि छुट, जे गराए पनि छुट
सजाय कहिल्यै भोग्नै नपर्ने
जनतालाई कर तिराएर, विदेशीसँग ऋण मागेर
विलासी जीवन बिताउनुपर्ने

कि त भ्यु टावर बनाउने, कि मन्त्री निवास सजाउने
कमिसन कसरी पाइन्छ, सेटिङ कसरी मिलाउन सकिन्छ
सत्ता कसरी बलियो बनाउन सकिन्छ
सधैं यस्तै कुराको चिन्ता गर्ने
अनि आफूलाई जनताको नेता भन्ने
संसारका सबै कुराको जानकार बन्ने !
– अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा

प्रकाशित : श्रावण २२, २०८१ ०६:०८
x
×