कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सैनिक नेतृत्व किन पछि हट्यो ?

श्रावण २०, २०८१

कान्तिपुरमा ‘राष्ट्रसंघले आग्रह गरे पनि सैनिक सल्लाहकारमा नेपालले उम्मेदवारी दिएन’ भन्ने समाचार कान्तिपुरमा बिहीबार पढ्ने अवसर मिल्यो ।

त्यति उपल्लो स्तरको नेतृत्व गर्न पाउने अवसर आउँदा पनि आदि इत्यादि कारण देखाएर सैनिक नेतृत्व पछि हट्नुको कारण के होला ? विभिन्न समयमा संयुक्त राष्ट्रसंघका महासचिवसमेतलाई यूएनको उच्चस्तरीय नेतृत्वमा चयन हुन नपाएबापत गुनासो गरेको पनि सुनियो । अवसर आउँदा किन उदासीनता ? कतै आर्मी चिफ स्वयंले रेस्पेक्ट गर्नुपर्ने पोर्टफोलियो भएका कारण कसैलाई सिफारिस नगरिएको त होइन ? कि कसैले औंला उठाउन नसक्ने संस्था भएको भ्रममा यस्तो गैरजिम्मेवार निर्णय भएको हो ? भत्केको घरको बिग्रेको चाला, जसजसले पायो उसउसले खाला भनेको यही होला सायद ।

रत्नप्रसाद लुइँटेल, बानेश्वर, काठमाडौं

प्रकाशित : श्रावण २०, २०८१ १०:५९
x
×