कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘देशको होनहार नेता भनेकै यस्तै हुन्’ महिला अत्याचारका 'बादशाह’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

श्रावण १७, २०८१
‘देशको होनहार नेता भनेकै यस्तै हुन्’ महिला अत्याचारका 'बादशाह’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

सत्ता भनेको नै यस्तै–यस्तैहरूका लागि हो ।
– खराल लक्ष्मी विष्णु

यही गर्न त ठूला दलको रातारात मेल भएको हो । क्रमशः पुष्टि हुँदै छ ।
– गोकर्ण शर्मा

के नौलो कुरा भयो ! अनि एमाले, कांग्रेसमा चोखो मान्छे भेटिन पनि पर्‍यो नि मन्त्री बनाउनलाई ।
– रामकुमार विक

अहिले देशमा पूरै भ्रष्ट र दलाल संयन्त्र छ ।
– नवराज ढुंगाना

कांग्रेस–एमाले गठबन्धन त यस्तै–यस्तैलाई पृष्ठपोषण गर्न बनेको रहेछ ।
– कपिल कट्टेल

अहिले देशको होनहार नेता भनेकै यस्तै हुन् ।
– मणि राई छाङ्छा

गणतन्त्रका चेतनशील जनताका आपराधिक शासक ।
– महेश घिमिरे

पहिलेको सत्तामा जिते संसद्बाट सुखभोग र लुटतन्त्रलाई प्रश्रय दिने, चुनावमा हारेकाले दलालको काम गरी मन्त्रीलाई सहयोग गर्ने प्रवृत्ति नभएको कहाँ हो र ? अहिलेका मन्त्री आरोपित हुन्, अपराधी घोषणा भएको त होइन नि ।
– अर्जुन शर्मा

उनी जनप्रतिनिधि होइनन् र मन्त्री बन्नु नहुने ? नहुने भए किन सांसद बनाएको, किन सांसदको टिकट दिएको ? बनाउने पनि त्यस्तै थिए, त्यस्तैलाई मन्त्री बनाए । बन्ने बनाउने एकै हुन्, बन्नेलाई मात्र केको दोष ?
– चिरञ्जीवी नेपाल

आपराधिक शासक भनेर भनियो भने खोइ कसरी भन्ने र आफैंले मत दिएर जिताका मानिस छन् । गणतन्त्रका चेतनशील जनताका उकुसमुकुस कुन तन्त्रले निमिट्यान पार्ने होला खै ?

– रुद्रप्रसाद पौडेल
अपराधीहरू मिलेर ल्याएको गणतन्त्रमा अपराधीबाहेक अरूलाई उपलब्धता के होला र ?
– नरेश सिंह

भ्रष्टका सारथि गतिला ? असम्भव । नेपाली जनताको भाग्य फुटेको ।
– टीकाप्रसाद बराल

यस्तालाई मन्त्री बनाएर खोइ कहिले देशको विकास हुने हो ?
– रुमाकान्त पौडेल

विगत ३० वर्षदेखि सरकारको यही लुटपाट धन्दा चलिरहेको छ नि, यो कुन नौलो कुरा भो र ?
– गोपी रेग्मी

प्रकाशित : श्रावण १७, २०८१ ११:१९
x
×