कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कानुनका ज्ञाताहरूको कस्तो फैसला ?

श्रावण १७, २०८१

पूर्वमन्त्री गोविन्दराज जोशीमाथिको अदालती फैसलाको आधार हेर्दा केही लेख्न मन लाग्यो । अचम्म लाग्छ, २१ वर्ष अगाडि ३ करोड ९३ लाख भ्रष्टाचार प्रकरणको हालको मूल्य कति करोड, अर्ब ? फैसला गर्दा त्यस बखतको बजार भाउ र हालको सोही रकम कति मूल्य बराबर हुन्छ, त्यति पनि विचार नपुगेको ? त्यसबखतको बजार भाउमा मानिलिऊँ सुन तोलाको २५ हजारभन्दा बढी निश्चय नै थिएन ।

३ करोड ९३ लाखले कति तोला सुन किन्न सकिन्छ ? त्यसमाथि झन् छुट पाउने कस्तो न्याय ? ज्येष्ठ नागरिक भएकैले अपराधमा पनि छुट ? कतै इन्साफ गर्नेहरूले भविष्य नियाली आफ्नो मार्गप्रशस्त गरेका त होइनन् ? कानुनी नजिर र धारालाई आत्मसात् गरी व्यावहारिकतालाई पनि ध्यान दिने गरिएका कतिपय उदाहरण विश्वव्यापी छन् । हेरौं, भ्रष्टाचारको पगरीधारी पूर्वमन्त्री गोविन्दराज जोशी ज्येष्ठ नागरिक भ्रष्टाचारी ठहरिएकामा अबको इन्साफ कस्तो हुन्छ र भविष्यका लागि अदालती नजिर कस्तो कायम हुन्छ ?
– निरन्जन पन्त, चन्डोल–४, काठमाडौं

प्रकाशित : श्रावण १७, २०८१ ११:१९
x
×