कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कर्णालीको पुकार

पाठक पत्र

कहिले तुइन काटिएर हाम्रो ज्यानै मर्‍यो
कहिले तुइन चुँडिएर हाम्रो मुटु झर्‍यो
कहिले आउने हजुरहरू यो कर्णालीनिर
चिल्ला गाडी कहिले कुद्लान् यो कर्णालीतिर !

जंगलमा काठ कुहेको धेरै भइसक्यो
जडीबुटी कति थियो खेरै गइसक्यो
हजुरको चाहिँ योजना छ विदेश भ्रमण जान
को आउँछ र लटरम्मै फलेको स्याउ खान !

कर्णालीको कथाव्यथा लेख्न सक्नुपर्छ
सुनचाँदी, हिरामोती देख्न सक्नुपर्छ
भुइँ टेकी आउन गाह्रो आकाशबाट हेर
यो कर्णाली हेरेपछि आफ्नो विचार हेर

ठेक्का कमिसनको विकास बनाउने बिगार्ने
भएजति बजेट सबै धनीलाई नै पार्ने
सच्चा नेपाल कर्णाली हो नबुझेको किन ?
कहिला आउलान् हाम्रा पनि केही सुखका दिन ?
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : असार ६, २०८१ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×