कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

'छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

पुरुषले छाउ प्रथाको वकालत गरे पनि महिलाले त्यसको सशक्त प्रतिकार गर्नुपर्ने हो ।
– पदमसिंह ठकुरी

यति भैसक्दा पनि प्रथालाई अझै संस्कार, चलनका नाममा अग्रजको नाक थामिदिँदै आउनुपर्ने हो कि ? कुरीतिलाई जरैबाट उखेलेर फाल्ने हिम्मत राखौं ।
– देविश्री किरातनी

किताबमा पढेको कुरा तर अझैसम्म यस्तो प्रथा रहेछ दुःख लाग्यो ।
– गोमा खड्का

जबसम्म छाउपडी प्रथा रहन्छ तबसम्म यस्ता घटना दोहोरिरहनेछन् । यस क्षेत्रका अगुवाहरूले एउटा निर्णय गर्नैपर्छ कि अबदेखि छाउपडी प्रथा बन्द र छाउगोठमा राख्नेलाई कठोर जरिवाना ।
– रामचन्द्र खनाल

होइन, यो पश्चिमतिर कहिले छाउगोठ हट्ने हो ? कहिले नारी–पुरुष सम्मान हुने हो ? पहिला त गोठमा बस्दा सर्पले डस्यो, चिसोले बिरामी भए भन्ने सुनिन्थ्यो, बलात्कार नै हुन थालेछ ।
–जेकिन किराती

प्रकाशित : असार ६, २०८१ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×