कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सामुदायिक विद्यालय किन सुध्रेनन् ?

पाठक पत्र

ठूलो सरकारी लगानीका बावजुद सामुदायिक विद्यालयको नतिजामा उल्लेखनीय सुधार देखिएको छैन । विद्यालयहरूले विद्यार्थीको कमजोर कक्षोन्नति, नियमित उपस्थिति नहुने र कक्षा छोड्ने जस्ता समस्यामा जुझ्नुपरेको छ । शिक्षकको लापरबाही, कमजोर व्यवस्थापन भनी झटारो हान्ने तर कारण र समाधान नखोज्ने हाम्रो प्रवृत्तिले यो समस्यालाई यथास्थितिमा राखेको छ ।

विद्यार्थीको कक्षोन्नतिमा शिक्षकबाहेक अभिभावकको के कति योगदान रह्यो ? विद्यार्थीको विद्यालय र घरबीचको वातावरणले शिक्षामा कत्तिको सहयोग गरेको छ ? सकारात्मक वातावरण निर्माणमा अभिभावक, समुदाय, समाज र सरकारको भूमिका कस्तो रह्यो ? विद्यार्थीको गृह र कक्षोत्तर कार्यमा अभिभावकको सहयोगात्मक भूमिका कस्तो छ र कस्तो हुनुपर्छ ? यी विषयमा बलियो विमर्श हुन सकेको छैन ।

सामुदायिक विद्यालयका जेहेनदार विद्यार्थीका अभिभावकलाई संस्थागत विद्यालयहरूले विभिन्न प्रलोभन देखाएर तान्ने प्रवृत्तिले समेत सामुदायिक विद्यालयमा ‘ड्रप आउट’ बढेको देखिन्छ । सहरोन्मुख र उपभोगवादी सोचको विकासले दुर्गमबाट सुगम र गाउँबाट सहरमा बसाइँ सराइ बढ्दो रूपमा भएकाले पनि बीचैमा विद्यालय छोड्ने विद्यार्थी संख्या बढेको देखिन्छ ।

आ–आफ्नो ठाउँबाट व्यक्ति/अभिभावक स्वयंले विद्यार्थीलाई साँच्चिकै नानीका रूपमा हेर्ने र व्यवहार गर्न सके मात्र यी जटिल शैक्षिक समस्याको सहज समाधान हुन सक्छ । सम्बन्धित सरकारहरूको समेत यसमा सहयोगको खाँचो छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : असार ४, २०८१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×