कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

विद्रोहको बीउ

पाठक पत्र

नियत राम्रो हुन्थ्यो भने गर्न सक्ने कतिकति
सधैंभरि यो भद्रगोल बिग्रिएकाले यिनको मति
बनाउने उद्यमभन्दा बिगार्नलाई सजिलो छ
बिचौलिया–माफियालाई देशको माटो मलिलो छ
राजनीति भो हिजोआज खेती पनि व्यापार पनि

देशको भण्डार रित्याएर मासुभातमा अचार पनि
नेताजीका बोलीव्यवहार देख्दा सुन्दा दिक्क लाग्छ
आँखा, कान, मुख थुनी बस्न बरु ठिक्क लाग्छ
लगनशीलता, दूरदर्शिता, पारदर्शिता शून्य भयो
विद्रोहको बीउ खोजेर छर्न थाले हुने भयो
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : जेष्ठ ३२, २०८१ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×