कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भस्मासुर डाँडामा पार्कको औचित्य

पाठक पत्र

काठमाडौं उपत्यकाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको भस्मासुर डाँडा (स्थानीयले वाणासुर डाँडा पनि भन्छन्) मा स्थानीय नगरपालिकाको बजेटमा पार्क निर्माण हुन लागेको छ । काठमाडौंको दक्षिणकाली र र मकवानपुरको इन्द्रसरोवर पालिकाका निर्वाचित वडाध्यक्षले पार्क निर्माणको शिलान्यास गरेका थिए ।

बस्तीबाट ४–५ घण्टाको पैदलयात्रामा पुगिने त्यस क्षेत्रमा पार्क आवश्यक छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ । भस्मासुर डाँडाको पश्चिमी ढलान कुलेखानी जलाधार क्षेत्रमा पर्छ भने पूर्वी ढलान वाग्मती जलाधार क्षेत्रमा पर्छ । यो चम्पादेवी डाँडाभन्दा कमजोर भूबनोटको देखिन्छ ।

यहाँको जमिन खन्दा भूक्षयको सम्भावना कति रहन्छ भनेर वातावरणीय अध्ययन नगरी पार्क निर्माणको काम अघि बढाइएको देखिन्छ । यस क्षेत्रमा पाइने जडीबुटी, वनस्पति र वन्यजन्तुबारे पर्याप्त अध्ययन हुन सकेको छैन ।

मकवानपुरको चखेल र दक्षिणकालीको हुडु गाउँ पिछडिएका क्षेत्र हुन् । कृषि, पशुपालन, होमस्टे प्रवर्द्धन गर्न सके यस क्षेत्रको उत्थान हुन सक्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।
– रामहरि पौडेल, कीर्तिपुर, काठमाडौं

प्रकाशित : जेष्ठ ३२, २०८१ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×