कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भद्रगोल राजनीतिको सन्देश

पाठक पत्र

प्रजातन्त्र र गणतन्त्र आएपछि देश विकास हुन्छ । जनताका दैनिक आवश्यकताका कुरा परिपूर्ति हुन्छन् । मुख्य कुरा प्रत्येक नागरिकलाई खाना, नाना र छानाको बन्दोबस्त हुन्छ । देश स्वीट्जरल्यान्ड बनाउने हो । कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु पर्दैन ।

आदि इत्यादि आश्वासन बाँड्नेहरूले अहिले भान्सा चलाइराखेका छन् । तर दुर्गा प्रसाईंहरू जस्ताबाट गणतन्त्र टिक्न सक्दैन भनेर चिन्ता व्यक्त गरिन्छ । उता प्रमुख प्रतिपक्षी दल पनि सुशासनको माग गरी प्रदर्शनमा उत्रिन लागेको छ ।

घर जलाएर खरानी बेच्नेहरू, अर्काको मन जलाएर प्रतिष्ठा कमाउनेहरू, तन जलाएर धन कमाउनेहरू, सुनको भन्दा नुनको महत्त्व नदेख्नेहरू र मौसमी खडेरीका केही राजनीतिज्ञ र सामाजिक अभियन्ताहरू उस्तै–उस्तै हुन् ।

जनता र समयको माग नबुझ्ने नेताहरूको राजनीतिक जीवन पनि क्षणिक नै हुने रहेछ । अहिलेको यो भद्रगोल राजनीतिक अवस्थाको सन्देश पनि यही नै हो ।
– खिमराज गिरी, काठमाडौं

प्रकाशित : जेष्ठ ३२, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×