कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

'सेनामा महत्त्वाकांक्षा बढ्यो भने व्यवस्थामाथि नै संकट पैदा हुन सक्छ : उपमहासचिव गुरुङ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

नेपालमा सेना मात्र एउटा त्यस्तो संस्था हो, जसले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई संविधानप्रदत्त दिएको जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध भएर सेवा प्रवाह गर्दै आएको छ । आजसम्म कुनै राजनीतिक पार्टी वा व्यक्तिको गोटी बनेर हिँडेको छैन ।

कठिन अवस्थामा राज्यले दिएको कुनै पनि जिम्मेवारीबाट पछि हटेको छैन, चाहे विकास निर्माणको काम होस्, चाहे शान्तिसुरक्षा । चाहे विपद् व्यवस्थापनको काम होस् वा आन्तरिक द्वन्द्व व्यवस्थापन । जहाँ–जहाँ अप्ठ्यारो र जोखिमपूर्ण ठाउँ छ, त्यहाँ सेनाको सहयोगमा नै बाटो बनेको छ ।

उदाहरणका लागि कर्णालीका जिल्ला हेरे हुन्छ । सेनाको विरोधचाहिँ केका लागि गर्नुपर्ने ! आखिर सेना पनि यही राज्यको एउटा महत्त्वपूर्ण अंग होइन र ? सेनाले आफूखुसी केही पनि गरेको छैन । सेना राजनीति गर्ने संस्था होइन । संविधानअनुसार चल्ने एउटा मात्र संस्था भनेको सेना हो ।
– प्रदीप कार्की

सेनाभित्रको उच्च ओहदामा गणतन्त्र आएको छैन ।
– थलबहादुर आले मगर

सेनाले सीमाको रक्षा गर्ने हो, व्यापार गर्ने होइन ।
– सोम खाती

संसारको कुन सेनामा छ लोकतन्त्र ?
– दधिराम घर्ती मगर

प्रकाशित : जेष्ठ ३२, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×