कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

छिमेकीको विकासदेखि तर्सिनुपर्ने हाम्रो नियति

पाठक पत्र

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) ले लोकसभा निर्वाचनमा बहुमत ल्याएसँगै नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन्  । भाजपा एक्लैले बहुमत नल्याए पनि एनडीए गठबन्धनमा रहेका घटकमध्ये ठूला मानिएका चन्द्रबाबु नायडुको नेतृत्वमा रहेको तेलुगु देशम पार्टी (टीडीपी) र नितिश कुमारको नेतृत्वमा रहेको जनता दल युनाइटेड (जेडीयू) समेतले समर्थन गरेपछि मोदीलाई प्रधानमन्त्री बन्न सहज भयो  ।

विगतका दुई कार्यकालमा मोदीको एक्लो आँटले भारत रूपान्तरित भएको सन्दर्भ विश्वभर चर्चित छ । सधैं समृद्धिमा अर्जुनदृष्टि राख्ने नेताहरूको समर्थन पाएपछि मोदीले ‘अहिलेसम्म ट्रेलर मात्र थियो, असली चलचित्र अब सुरु हुन्छ’ भन्दै जनतामा हौसला थपेका छन् ।

भाजपा एक्लैले बहुमत ल्याउन नसकेपछि हामीकहाँ भने कतिपय नेता, आलोचकहरूको मुख उज्यालो भएको छ, एनडीएलाई नेपालको जस्तै स्वार्थी गठबन्धन ठान्दै ‘मोदीले बल्ल तीन बल्ड्याङ खायो, अब लामो समय कुर्सीमा टिक्न पाउँदैन’ भन्दै मोदीमाथि धारेहात लगाइरहेका छन् ।

स्मरण रहोस्, चीन, भारतको नेपालसँगको कूटनीति माओत्सेतुङ र इन्दिरा गान्धीको पालादेखि यथावत् रहँदै आएको छ । बिपी कोइराला चीन भ्रमणमा गएको बेला माओले भनेका थिए, ‘तिमीहरू विकास चाहने हो भने दिल्लीसँग सम्बन्ध बढाऊ’ जुन कुरा अहिले पनि चिनियाँ नेताहरूले भनिरहेका छन् ।

कडा मिहिनेतबाट दशकअघि चीन विश्वको दोस्रो अर्थतन्त्र बन्न सफल हुँदा सो अवधिमा भारत फ्रान्स, इटाली, बेलायत, ब्राजिलजस्ता देशलाई पछि पार्दै दसौंबाट पाँचौं ठूलो अर्थतन्त्र बनेको र अबको तीन वर्षभित्र जापान र जर्मनीलाई उछिनेर तेस्रोमा उक्लने अभियान उल्लेख्य देखिन्छ ।

यतिबेला छिमेकीहरू विकासमा छलाङ लगाउँदै अन्तरिक्ष यात्रामा रमाइरहेका छन् भने हामीसँग साइकल बनाउने प्रविधिसम्म छैन । यस्तो नाजुक स्थितिदेखि बेखबर बन्दै सकारात्मक सोचबाट टाढिएर आलोचनामा सन्तुष्टि मान्ने संस्कारका कारण हामी एसियाकै गरिब देश बनेका होइनौं र ?

सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानबाट विचलित नभई विकासमा भारतसँग हातेमालो गर्न सके मात्र हामी अघि बढ्छौं, नत्र छिमेकीको समृद्धि देखेर जिब्रो टोकिरहनुपर्नेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ ३१, २०८१ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×