कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नेपालीको क्रिकेट मोह

पाठक पत्र

नेपालले अहिले विश्वकप क्रिकेट खेलिरहेको छ । १० वर्षपछि विश्वकप खेल्न पाउनु नेपालीका लागि गर्वकै विषय हो । जित्नु हार्नु आफ्नो ठाउँमा छ । विदेशी भूमिमा हजारौं दर्शकको साथ पाउनु पनि जित्नु बराबर हो ।

आफ्नो काम छाडेर खेलाडीको हौसला बढाउन हजारौं दर्शक अमेरिकाको रंगशाला पुगेका थिए । चन्द्रसूर्य झन्डा भएको जर्सी लगाएका दर्शकले रंगशाला भरिएको थियो ।

अन्य खेलमा त्यति सफलता हात पार्न नसके पनि क्रिकेटमा नेपालको प्रगति उल्लेखनीय छ । आफ्नो देशमा एउटा राम्रो क्रिकेट मैदान नभए पनि खेलाडीहरू आफ्नो बलबुतामा विश्वकपमा पुगेका हुन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : जेष्ठ ३१, २०८१ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×