कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भूमिहीनको टेक्ने ठाउा खोइ ?

पाठक पत्र

नेपालमा गणतन्त्र स्थापनापश्चात् हामी हर्षित थियौं । लाग्यो– अब सामन्ती व्यवस्था रहँदैन । अब हामी किसानको पनि दिन आउँछ । हामीले जोतेको जमिनको अधिकार पाउँछौं । भर पेट खान पाउँछौं र हाम्रा छोराछोरीलाई पनि उचित शिक्षा दिन सक्छौं । तर त्यसो भएन । हामीलाई झुक्याइयो । आँखामा छारो हालियो । सामन्ती संरचनाको अवशेषलाई देशको नेतृत्व गरेकाहरूले शिरमा सजाएर राखे ।

नयाँ संविधानपश्चात् दुइटा भूमि आयोग बने । आयोगले तथ्यांक लिने काम गर्‍यो । तर पुर्जा दिन सकेन । उल्टै आयोगलाई राजनीतिक दल र अदालतले अंकुश लगाए भन्ने हल्ला गाउँमा सुनेको थिएँ । यो भूमिहीनमाथि उठीबास लगाउने प्रपञ्च हो । यसमा दल, नेता, सरकार कानुन मुठीमा लिएर बस्ने सबै मिलेका छन् ।

हामी किसान आफ्नो भोक हटाउन, आफ्नो उत्पादनको भाउ बढाउन, उचित ज्याला बढाउन जमिनका निम्ति भौंतारिएका छौं । हामीलाई राजनीतिक चेपुवामा पारियो । राणा शासनको अन्त्यपश्चात् विभिन्न समयमा राजनीतिक आन्दोलन भए । त्यो आन्दोलनले राजनीतिक परिवर्तन भयो । तर हाम्रो जीवनमा परिवर्तन भएन । हाम्रो पनि जीवन परिवर्तन हुन्छ भनेर त्यो आन्दोलनमा लाग्यौं । तर आजसम्म हामी किसान नागरिक स्वतन्त्र हुन सकेनौं ।

नेपालमा नीति एउटा बन्छ । कानुन अर्को बनाउँछन् । अनि कार्यान्वयन अर्कै हुन्छ । संविधानभन्दा ठूला दल, नेता, मन्त्री, सरकार र अदालत हुन् र ? सबै कुरा सरकार र अदालतले निर्णय गर्ने भए किन संविधान र कानुन चाहियो ? भूमिहीनहरू पुस्तौंदेखि सरकार र नेताको झूटो आश्वासनमा बाँच्दै आयौं ।

अहिले अदालतले समेत हामी भूमिहीनलाई विस्थापित गराउने प्रयत्न गर्दै छ । हाम्रा लागि नेता, दल, सरकार र कानुन कहिले बन्छ ? कहाँ हो भूमिहीनको टेक्ने ठाउँ ? हामीले बसोबास गर्दै आएको र जोत्दै आएको जमिनको अधिकार कहिले पाउँछौं ?
– वीरबहादुर विक, बर्दिबास–१०, महोत्तरी

प्रकाशित : जेष्ठ ३०, २०८१ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×