कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

त्रिवि परीक्षा दिने मौकाको पर्खाइ

पाठक पत्र

मैले ६२ सालमा बीएड तेस्रो वर्ष पढ्दापढ्दै विवाह गरें । त्यो वर्षको परीक्षा लेखें । दोस्रो वर्षको एउटा विषय फेल भएकी थिएँ । परिबन्धले शिक्षण अभ्यास गर्न पाइएन । पढाइ पनि टुट्यो । अहिले म ३७ वर्षकी भएँ, पढ्न मन छ ।

चारवर्षे कोर्स सुरु गरौं कि सरकारले त्रिभुवन विश्वविद्यालयबाट मजस्ता एउटा/दुईवटा विषय बाँकी रहेकाका लागि परीक्षा दिन पाउने निर्णय गर्ला भन्ने आशा पनि लागिरहेको छ । म जस्ता गृहिणीको आधा जीवन छोराछोरीको पढाइमा बित्छ ।

थुप्र्रैले सासूससुरा, छोराछोरी भन्दै पढाइ बीचमा छाडेका छन् । तिनका लागि विश्वविद्यालयले एक पटक मौका दिए हुन्थ्यो । यसबाट हामीलाई ठूलो राहत पुग्थ्यो ।
– सरिता ढकाल, बुद्धशान्ति, झापा

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x