२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

'बच्चा कोरल्न म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा नेपालमा' समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणीः

पाठक पत्र

चराचुरुंगीले गुँड लगाउने र अरू जनावरलाई हानि पुर्‍याउने गरी नेपाली भने वनमा आगो लगाएर वातावरण प्रदूषण गर्नमा व्यस्त छन्, आफूबाहेक अरू प्राणी पनि छन् भन्ने नसोचीकन ।
– भोजेन्द्र गुरुङ

मानवलगायत, वनस्पति, चराचुरुंगी, जीवजन्तु एवं कीटपतंग सबै यस प्रकृतिका अंग हुन् । यो संसार सबैको हो । मानिस पो अर्कै देशका हुन्, पासपोर्ट र भिसाको खोजी गरिन्छ ।
– श्याम गोश्वामी

नेपाल त कोरल्ने न ठाउँ भयो, चाहे मानिस हो या चरा । परिपक्वता आएपछि उडेर जान्छन् उतै कतै ।
– घनश्याम उप्रेती

नेपाली युवाहरू सबै विदेशमा, विदेशी चरा नेपालमा !
– विनेशराम डंगोल

अरू देशका चरा बच्चा कोरल्न नेपाल आउँछ्न्, नेपालका मानिस बच्चा पाउन अरू देश जान्छन् ।
– निर्दोष गोविन

अनि भविष्य कोरल्न नेपाली युवा खाडीदेखि अस्ट्रेलियासम्म ।
– आर्यन कुमार

यसमा पनि कर लिन मिल्ने भए लिन्थ्यो होला सरकारले ।
– रमेश प्याकुरेल

मान्छेभन्दा बढी बुद्धि चराको रैछ, नेपालको भ्यालु चरालाई पनि थाहा छ ।
– सेवक राना

प्रकाशित : वैशाख ९, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?