२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तागत हुनुपर्‍यो

पाठक पत्र

सोच्ने, खोज्ने, प्रश्न गर्ने मान्छे हुनुपर्‍यो
त्यो प्रश्नको जवाफ दिने कोही त हुनुपर्‍यो

आँखा, कान, मुख छोपी शासन गर्नेहरूलाई
सडकतिर फाल्न सक्ने कोही त हुनुपर्‍यो
सेवक बन्छौं भन्नेहरू जंगे शासक भए
तिनको कुर्सी हल्लाइदिने कोही त हुनुपर्‍यो
फोस्रा नारा, आश्वासनका खेती चलाएर
सिधासादा देशवासीलाई मूर्ख बनाएर
समृद्धिका बाटाहरूमा काँडा लगाउनेलाई
पन्छाएर अघि बढ्ने तागत हुनुपर्‍यो ।

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : वैशाख २, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?