१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

कसले तिर्छ कर ?

पाठक पत्र

कर प्रशासनमा सुधार ल्याएर करको दरमा कम गर्दै दायरा फराकिलो बनाउनुपर्ने सुझाव उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई बुझाएको छ । यो अत्यन्तै सान्दर्भिक र जायज छ । तर अहिलेकै जस्तो अवस्था रहिरहे हाम्रो देशमा कर कसले तिर्छ भन्ने स्थिति नआउला भन्न सकिँदैन ।

कर त्यसले तिर्छ जसले आम्दानी गर्छ । जसले बढी आम्दानी गर्छ, उसैले बढी कर तिर्छ । तर सरकारले उद्योग, व्यवसाय र रोजगारीको वातावरण बनाउन के गरिरहेको छ ? दैनिक हजारौं नागरिक विदेश पलायन भइरहेको अवस्थामा कर उठेन भन्नु भन्दा पहिला रोजगारीको सिर्जना गर्नुपर्‍यो ।

दोस्रो, वैदेशिक लगानी भित्रिने वातावरण तयार पार्नुपर्‍यो । तेस्रो, स–साना कुटिल उद्योगले पनि सरकारको संरक्षण पाउनुपर्‍यो । अहिले बैंकिङ क्षेत्रमा थुप्रिएको तरलता अर्थात् पैसा सदुपयोग हुन सक्ने गरी सरकारले लगानीमैत्री कानुन बनाइदिनुपर्छ । अनि मात्र करको दायरा फराकिलो बनाउँदा कर उठ्ला । अन्यथा कर कसले तिर्ला ?
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र २१, २०८० ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?