कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हामीले न्याय कहिले पाउँछौं ?

पाठक पत्र

अन्न उत्पादन गर्ने किसानहरू फागुन ८ देखि धर्नामा छौं । पुस्तौंदेखि कमाउँदै आएको स्वर्गद्वारी गुठीको जग्गा हामी किसानको हुन सकेन । अन्यायमा परेकाले जिल्ला प्रशासन कार्यालय अघि सात सयभन्दा बढी पीडित किसान चिसो भुइँमा सुत्न बाध्य छौं । हामी आफैंले दाउरा, चामल, तरकारी ल्याएर रोडमा बसेका छौं ।

यहाँ अन्य क्षेत्रका सांसदहरू आउनुभयो तर आफूले भोट दिएको नेता नआउँदा हामीलाई दुःख लागेको छ । यस क्षेत्रका गुठीपीडित किसानको न्यायका लागि तपार्इंको प्रतिबद्धता सुन्न चाहन्छौं ।

धर्नामा बालबालिकासहित दिदीबहिनी छौं । बूढा आमाबा हुनुहुन्छ । रातिदेखि परेको पानीले बिरामी पर्न थालेका छौं । खेती लगाउने समयमा बाध्य भएर धर्नामा बस्नुपरेको छ । पीडा सुनिदिने कसले ?
–आशाकुमारी चौधरी, घोराही, दाङ

प्रकाशित : फाल्गुन २२, २०८० ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?