२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

म कसरी कनिष्ठ ?

पाठक पत्र

म त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन पदमा कार्यरत छु । शिक्षामन्त्रीको संयोजकत्वमा गठित त्रिवि उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिविका लागि खुला प्रतिस्पर्धाबाट २०८० फागुन ६ गते मेरो नाम १ नम्बरमा सिफारिस गरेको थियो ।

तर, समितिलाई बदनाम गर्न र मेरो चरित्रमा दाग लगाउने दुराशयले कान्तिपुरको फागुन १० को अंकमा प्रकाशित ‘त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दुई धार’ शीर्षकको समाचारको खण्डन गर्छु ।

म शिक्षाशास्त्र संकायको सबैभन्दा वरिष्ठ प्राध्यापक भए पनि समाचारमा भागबन्डामा कनिष्ठलाई तीन वर्षअघि डिन बनाएको उल्लेख गर्दै कनिष्ठ भएकैले मलाई उपकुलपति बनाउन नमिल्ने उल्लेख गरिएकामा पनि मेरो आपत्ति छ ।

पद्मकन्या बहुमुखी क्याम्पसमा प्राध्यापनरत सहप्राध्यापक मेरी श्रीमती धनकुमारी थापा र शिक्षामन्त्री अशोक राईबीच एक पटक पनि भेटघाट भएको छैन । तर, २० वर्ष अगाडि नेकपा मालेमा रहेर सँगै काम गरेको हुनाले मन्त्रीले अन्तर्वार्तामा नम्बर बढी दिलाउन प्रभाव पारेको भनी उल्लेख गरिएको सत्य होइन ।

उक्त समितिले आवेदकहरूको नम्बर सार्वजनिक नगरेको अवस्थामा गोप्य कागजातलाई आफैंले देखेजस्तै गरी सिफारिसमा पार्न प्रस्तुतीकरणमा २० मा १८ नम्बर दिएको भनी लेखिएको छ, जुन गलत हो ।

त्रिवि अध्ययन संस्थान तथा संकायका सबै डिनहरू त्रिवि प्राज्ञिक परिषद्को पदेन सदस्य हुने त्रिवि ऐनमा व्यवस्था छ । तर, मेरो नियुक्ति प्रक्रियालाई नकारात्मक प्रभाव पार्ने दुराशयले मलाई कारबाही गरी सो परिषद्को सदस्य पदबाट हटाएको भनिएको छ, जुनसमेत तथ्यहीन छ ।
– चित्रबहादुर बुढाथोकी, बागलुङ, हाल : त्रिवि काठमाडौं

प्रकाशित : फाल्गुन १७, २०८० ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?