कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुशासनको पर्खाइ

पाठक पत्र

हिजो पञ्चायतकालमा टेबलमुनिबाट लेनदेन गरिन्थ्यो । अहिले गणतन्त्र नेपालमा हाकाहाकी कति आउँछ भनेर मोलमोलाइ गरिन्छ । केन्द्रदेखि स्थानीय तहसम्म नीतिगत भ्रष्टाचार मौलाएको छ । अनुगमन गर्ने निकाय फितलो भएका छन् । सरकारले बनाएको आयोगले दोषी ठहर्‍याउँदा सरकारले कारबाही गर्न सक्दैन ।

निजी कम्पनी फाइदामा जाँदा सरकारी कम्पनी जहिले किन घाटामा जान्छ ? मन्त्री झन्डा हल्लाएर अख्तियारमा बयान दिन जान्छन् अनि आरामसँग सरकारी सेवा सुविधा लिन्छन् । भ्रष्टाचारको आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ अनि मात्र छानबिन गर्नुपर्छ । यहाँ नेताहरूमा नैतिकता नै हराइसक्यो ।

कतिपय भ्रष्टाचारका फाइल बन्द भइसके, कतिपय बन्द हुने अवस्थामा छन् । प्रधानमन्त्री पटक–पटक सुशासनको कुरा गर्छन्, भ्रष्टाचार निर्मूल पार्छु भन्छन् । प्रधानमन्त्रीले भन्न खोजेको सुशासन र भ्रष्टाचार कस्तो हो, जनता जान्न चाहन्छन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन १७, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?