२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सांसदको सभ्यता

पाठक पत्र

हिजोआज सांसदहरू एकले अर्कोको चरित्र हत्या गर्ने र आफूलाई राम्रो देखाउने होडबाजी चलेको छ । सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी हत्याकाण्डका दोषी मन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट बर्खास्त गरी कारबाही गर्न सरकारसँग माग गरे ।

त्यस विषयमा माओवादी सांसद माधव सापकोटासँग आरोप/प्रत्यारोप चल्यो । मन्त्री सुदन किराती र सांसद रामहरि खतिवडाले तल्लोस्तरमा एकअर्कालाई दोषारोपण गरे ।

विमान खरिद प्रक्रिया र लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्षमा बन्दुकको गोली लकरमा राख्ने ल्हारक्याल लामालाई नियुक्ति गरेको विषय उठाउँदै खतिवडाले मन्त्री किरातीको टिप्पणी गरेका थिए ।

त्यसपछि मन्त्री किरातीले सांसद खतिवडालाई महँगो घडी चोरेको आरोप लगाउन भ्याए । मन्त्री र सांसदका यस्ता आरोप–प्रत्यारोप अत्यन्तै अशोभनीय छ । विशिष्ट पदमा बसेका जो कोही मर्यादित र जिम्मेवार हुनुपर्छ ।
– भगवान पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन १७, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?