कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

'नेपाली राहदानीको वरीयता सुध्रिएन’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

यो समाचार पढ्दा सरकारलाई कस्तो गर्व लागिरहेको छ !
– निर्मला खड्का

फुटबल हो र वरीयता सुध्रनलाई ?
– हुसेनजी

नेता र देश सुध्रनु पर्‍यो नि पैला ।
– चन्द्र लक्ष्य

एउटै मन कति पटक जित्छौ प्रचण्ड सरकार ?
– सागर दाहाल

जुन देशले आफ्नो सर्वभौमसत्ता र वैदेशिक नीति पश्चिमी मुलुकहरूसामु झुक्न दिँदैन, त्यो देशको पासपोर्टको हालत यस्तै हुन्छ । जय लोकतन्त्र ।
– गनपत कामत

जबसम्म यो देशका भ्रष्ट कर्मचारी र नेता हरू सुध्रिँदैनन्, तबसम्म पासपोर्ट त के देश नै कंगाल हुनेछ ।
– सन्तबहादुर राई

जहाँ गयो त्यही शरणार्थी भएपछि पाउने सम्मान यस्तै हो ।
– कैलाश सुनाम

कसरी सुधिन्छ त हौ, भिजिट भिसामा गएको मान्छे नेपाल फर्किन मान्दैन । दिनहुँ श्रमका लागि बिदेसिँदै छन् ।
– मेहेर आङदेम्बे

चप्पल पड्काएर काठमाडौं छिरेकाहरू जीवनस्तर सुध्रियो तर पासपोर्टको वरीयता खस्कियो ।
– गोपाल कटवाल

प्रकाशित : फाल्गुन ११, २०८० ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?