कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चुनावअघि कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्नधन नगर्ने

पाठक पत्र

आफ्नो प्रस्तावबाट महामन्त्री गगन थापा टसको मस नभएपछि सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का आकस्मिक रूपमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे । प्रचण्डलाई पार्टीको महासमिति बैठकले जे निर्णय लिए पनि गठबन्धन सरकारलाई कुनै फरक पर्ने छैन भनेर आश्वस्त बनाए ।

प्रचण्डले सहमति दिएपछि उनीहरू पुनः बैठकमा आएर थापाको प्रस्तावमा समर्थन जनाए । यस घटनाले कांग्रेस र देउवाको निर्णय क्षमतामाथि ठूलो प्रश्न उठाएको छ । र, देउवाले कांग्रेसलाई प्रचण्डको पाउमा चढाएको महसुस भएको छ । के कांग्रेसले जे निर्णय गर्दा पनि प्रचण्डलाई पहिले नै सोध्नुपर्ने हो ?

प्रचण्डको सहमति लिनैपर्ने हो ? प्रचण्डले थापाको प्रस्ताव मान्नु हुँदैन, माने एमालेसँग मिल्छु भनेर चेतावनी दिएको भए देउवाले के गर्थे ? यसै त देउवा र कांग्रेसमाथि गठबन्धनको छाया परेको आरोप लागिरहेको छ, झन् त्यसमाथि बैठक चल्दा चल्दै बालुवाटार पुगेर प्रचण्डसँग सल्लाह गरेर निर्णय लिँदा देउवाको छवि झनै बिग्रन पुगेको छ ।

यतिखेर देउवामा न आफ्नो न कांग्रेसको प्रतिष्ठाको चिन्ता छ । उनलाई चिन्ता छैटौं पटक कसरी आफू प्रधानमन्त्री बन्न सक्छु भन्ने मात्र चिन्ता छ जसले देउवाको छवि र प्रतिष्ठालाई निकै गिराइदिएको छ । पदको आसक्तिले देउवाको उचाइ निकै घटेको छ । ८९ सिटको पार्टीको सभापतिले प्रधानमन्त्री बन्ने लोभमा ३२ सिटे पार्टीसँग डराउने, जे निर्णय गर्दा पनि सल्लाह लिनुपर्ने अवस्था किमार्थ शोभा दिने विषय होइन ।

गठबन्धन गरेकै कारण कांग्रेसको ७ प्रतिशत लोकप्रिय मत घटेको आरोप महामन्त्री थापा र विश्वप्रकाश शर्मालगायतले लगाएका छन् । अब कांग्रेसको भोट बैंक देउवाबाट बढ्न सक्दैन । कांग्रेस बचाउने हो भने थापा, शर्माजस्ता ऊर्जावान् नेताहरूलाई नेतृत्व दिनुपर्छ । गठबन्धन नगरी चुनाव लड्ने थापाको प्रस्तावले चिन्ता कांग्रेसलाई होइन, माओवादी र समाजवादीलाई हुनुपर्ने हो ।

किनकि गठबन्धन नहुँदा ती दुवै पार्टीको अस्तित्व संकटमा पर्नेछ । २०८४ मा सबै पार्टी एक्ला एक्लै चुनाव लडे कांग्रेस पहिलो, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुने प्रबल सम्भावना छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन १०, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?