कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साहूबाट पीडा, सरकारबाट धोका

पाठक पत्र

मिटरब्याजपीडित फेरि आन्दोलित भएका छन् । गत वर्ष देशभरिबाट काठमाडौं आएर मिटरब्याजपीडितले आन्दोलन गरेका थिए र त्यस समय पीडितको सम्पूर्ण माग पूरा गर्ने सम्झौता भएपछि घर फर्केका थिए । तर आज उनीहरूको समस्या सम्बोधनमा सरकार गम्भीर देखिएन ।

पीडित नागरिक फेरि यो जाडोको समयमा आफ्ना बालबच्चा छाडेर, कामधन्दा थाती राखेर न्यायका लागि पैदल आन्दोलन गर्न बाध्य भएका छन् । सरकारले न्याय दिने झूटो वाचा र सम्झौता गरेर पीडित नागरिकले झन् ठूलो पीडा दिएको छ ।

आफ्नो दैनिक जीवन चलाउन वा छोराछोरीको विवाह वा शिक्षादीक्षाका लागि ऋण लिएर आफ्नो जग्गा बन्धक राख्ने क्रममा उनीहरू ठगिएका हुन् । कतिपयले आफूले साहूबाट लिएको ऋणको ब्याज र साँवा तिरिसक्दा पनि आफ्नो सम्पत्ति फिर्ता पाएका छैनन् ।

कतिपयलाई चुक्ता गर्नुपर्ने रकम कैयौं गुना बढी देखाइएको छ । मिटरब्याजपीडितहरू मानसिक तनाव र साहूबाट अनेकन धम्की झेलेर बाँच्न बाध्य छन् । सरकारलाई पटक–पटक हारगुहार गर्दा पनि पीडित नागरिकले न्याय नपाउने यो कस्तो विडम्बना हो ?

सरकारले नागरिकलाई आश्वासन दिँदै माग पूरा गर्ने नाममा समिति गठन गरेर झूटको खेती कहिलेसम्म गर्ने ? मिटरब्याजको तनावले मर्ने र बाँच्ने अवस्थाबाट नागरिकलाई सरकारले उन्मुक्ति दिन पर्ने बेला आएको छ ।
– भगवान पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन १, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनबारे तपाईंको धारणा के छ ?