१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

प्याजमा भ्याट बिचौलियालाई लाभ

पाठक पत्र

नेपालमा फलेको प्याजमा भ्याट लाग्दैन र आयात गरेको प्याजमा मात्र भ्याट लाग्छ ।

तर्क के छ भने, आयातित प्याज भ्याटका कारण महँगो हुने भएकाले नेपाली किसानलाई फाइदा हुनेछ । उनीहरूले बढी मूल्य पाउँछन् । तर कसरी नेपाली किसानले फाइदा हुन्छ ? फाइदा भए पनि बिचौलियाले नै लानेछ, किसानले होइन । किसानले सिधै प्याज बेच्नै सक्दैन । हामी उपभोक्ताले नेपाली प्याज र आयात गरेको प्याज कसरी पत्ता लगाउने ? बिचौलिया र व्यापारीले नै नेपाली प्याजलाई आयातित भनेर बढी मूल्यमा बेच्न पनि सक्छन् । कि त आयात गरिएको प्याजमा स्टिकर लगाउने व्यवस्था हुनुपर्‍यो ।

अञ्जना श्रेष्ठ, नयाँ सडक, काठमाडौं

प्रकाशित : मंसिर २४, २०८० ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?