कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कहिले बनिसक्छ चक्रपथको सडक ?

पाठक पत्र

छिमेकी मित्रराष्ट्र चीन सरकारको अनुदान सहयोगमा काठमाडौंमा २७.३ किलोमिटर लम्बाइको चक्रपथ निर्माण २०६९ सालतिर सुरु भएको थियो । चक्रपथअन्तर्गत कोटेश्वरदेखि सातदोबाटो, बल्खु हुँदै कलंकीसम्म चिनियाँ कम्पनीबाटै निर्माण सम्पन्न भएर चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण भएको पनि तीन वर्ष बित्यो ।

सञ्चारमाध्यमहरूका अनुसार बाँकी खण्ड कलंकी छेउदेखि वनस्थली, माछापोखरी चोक, नयाँ बसपार्क हुँदै महाराजगन्ज, चाबहिल, गौशाला, कोटेश्वरसम्म ८ लेन सडक चिनियाँ कम्पनीबाट बनाएर नेपाल सरकारलाई चिनियाँ सरकारले २०८२ सालसम्ममा हस्तान्तरण भइसक्नुपर्ने हो ।

तर काममा अहिलेसम्म खासै प्रगति देखिँदैन । सडकमा ढल हाल्ने, बिजुलीको पोल सार्ने मिलाउने, सडकभित्र पर्ने संरचना भत्काउने काम सकेर पिच गर्नुपर्नेछ । काठमाडौंको घनाबस्ती, टिपर, ट्रक, बस, मोटरसाइकल लगायतका गाडीको अत्यधिक आवतजावत भइरहने कारणले फराकिलो चक्रपथ जतिसक्दो छिटो बनाउन आवश्यक छ । चक्रपथमा सहज रूपमा सवारीसाधन चलाउन पाइयोस् ।

अहिले त पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुलाम्मे हुने समस्याले पैदलयात्रीलाई समेत समस्या छ । कम्पनीले गुणस्तरीय काम गरेको छ कि छैन भनेर नियमित अनुगमन पनि हुनुपर्छ ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

प्रकाशित : मंसिर १३, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?