२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

‘ट्राफिक स्विच कति दिन टिक्ला ?’

पाठक पत्र

'बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

‘ट्राफिक स्विच कति दिन टिक्ला ?’

त्यो स्विच केही महिनामा दबाएर, हिर्काएर काम नलाग्ने नबनोस् ।
– युवराज खड्का

काहीं नभा जात्रा हाँडीगाउँमा भनेको यही हो । विदेशमा चोक, गल्लीगल्लीमा हुने कुरा नेपालमा ल्याएछन् बालेनले । अब यो लाइट सबै क्रसिङमा राख्नुपर्छ । तर १० दिनमा त्यो स्विचलाई निचोरेर रस निकाल्छन् ।
– सुरज लामिछाने

जथाभावी थिचेर जथाभावी बाटो काट्ने काम हुन्छ । यसले दुर्घटना बढाउने देख्छु ।
– दीपक कसजु

मानिसले आफैंले थिचेर लाइट अन गर्न लागे भने त्यो ठाउँमा कहिले पनि ट्राफिक जाम हट्दैन । हरेकलाई जान हतार हुन्छ ।
– मनीष महर्जन

जथाभावी बाटो काट्ने पैदलयात्री, साइकल चालक, बाइक चालक, मोटर चालकलाई पनि भाटा हान्न पाउने व्यवस्था होस् हजुर ।
– जीवन भाइ

बालाजु चोकदेखि चौकी हुँदै बाइसधारा–बाइपाससम्म कुनै लोकल गाडी नचलेको आठ/नौ वर्ष भइसक्यो । यहाँ गाडी चल्न त चल्छ तर फोहोर बोकेको ट्रक/काठमाडौं महानगरपालिकाको पानी ओसार्न मिल्ने गाडी र स्कुल र कलेजका गाडी मात्र । एक वर्ष जति अगाडि त इलेक्ट्रिक साझा बस दुई/तीन घण्टा बिराएर पनि चलेको थियो । तीन/चार महिना जति पछि त्यो साझा बस सेवा पनि बन्द भयो । त्यसै कारण हामीलाई त अहिले यस्तो खालको ट्राफिक बत्तीको आवश्यकता नै छैन ।
– प्रविन रन्जित

यात्रु यात्रु झगडा गरेर मर्नी भए अब ।
– राजेश फुयाल

राम्रो । तर ३० सेकेडमा बाल, वृद्ध, शारीरिक अशक्तता जस्ता समस्या भएकालाई भने बाटो काट्न अल्लिक अप्ठ्यारो पर्ला कि ! केन्द्रीय राजधानी सहरका सडक, गल्लीहरूमा व्यवस्थित ट्राफिक बत्तीधरि छैन । लाजै मर्नु ! जिम्मेवार निकायहरूलाई अप्ठ्यारो लाग्दो होला कि नाइँ ?
– सामवेद शर्मा चापागाईं

राम्रो विदेशमा नि यस्तै हुन्छ त ।
– रामकृष्ण कटवाल

अटोमेटिक हुनुपर्ने हो ट्राफिक लाइट । अब मनलागी ट्राफिक लाइट बालेर बाटो काट्दा दुर्घटना हुने जोखिम हुन्छ । यो मान्छे मार्ने काम भयो, ठीक छैन ।
– किशोर कार्की

प्रत्येक जेब्रा क्रसिङमा हुनुपर्छ ।
– ईश्वरी खतिवडा

जबसम्म विदेशमा जस्तै ट्राफिक सिग्नल तोड्नेलाई जरिवाना गर्ने सिस्टम बनाइँदैन, तबसम्म लागू हुँदैन ।
– अर्जुन क्षेत्री

मंगलग्रहमा यान पठाएको जस्तो गरी समाचार आउँछ यार । त्यो भनेको अत्यन्तै सामान्य कुरा हो ।
– राजु भट्टराई

कत्ति नै ठूलै रकेट नै बनाएजस्तै पो गरेर सप्पै मिडियाले पोस्ट गरेकै गरै छन् बा ! जाबो ट्राफिक लाइटलाई पनि यस्तो सम्मान ? हुन त मुर्रा भैंसीलाई पनि टीका, अबिर, मालाले स्वागत गर्ने देश हो हाम्रो नेपाल ।
– रमेशजंग राई

प्रकाशित : मंसिर १२, २०८० ०६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?