कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नागरिकको निराशा किन ?

पाठक पत्र

पुराना र ठूला भनिएका सत्ताधारी दलहरूकै रबैयाका कारण लोकतन्त्रको साख गिर्दै गएको विश्लेषण हुन थालेको छ । यस्तो विश्लेषणले नागरिक निराश देखिन्छन् ।

सतहमा आएका घटनालाई आधार मान्ने हो भने सत्ताले एकपछि अर्को बदमासी गरिरहेको छ । कानुनी राज्यको उपहास हुने गरी हत्याराहरूलाई राज्यले गरेको संरक्षण, उन्मुक्तिको घटनाले नागरिकमा ज्यादै ठूलो नकारात्मक प्रभाव छाडेको छ । नयाँ नेताका असफलता देखेर पूर्वतानाशाहहरूमा हौसला बढ्नु स्वाभाविकै हो । भक्तपुरमा पूजाआजाको बहानामा गएका पूर्वराजाको अघिपछि देखिएको भीडले त्यही संकेत गरेको छ । आम नागरिकले बुझिसकेको कुरा के हो भने भविष्यमा लोकतन्त्रका लागि सबैभन्दा खतरा माफियाकरणलाई बढावा दिइरहेका यिनै भ्रष्ट नेताहरूबाट देखिन्छ । यिनले पीडितहरूलाई झन् पीडा दिइरहेका छन् । संविधान दिवसका अवसरमा जेलमुक्त भएका नेपालगन्जका रिगलजस्ता धेरै रिगलहरूलाई राज्यले संरक्षण गरिरहेको बुझाइ नागरिकमा रहेको छ । यस्ता व्यक्तिलाई राज्यले गतिलै प्रोत्साहन गरेको देखिएको छ । दलहरूको मुख्य नेतृत्वलाई यस्ता विषयले नछुने हो भने मुलुक र संघीय शासन व्यवस्थाप्रतिको मोह झन् भत्कने खतरा देखिन्छ । यो अत्यन्त संवेदनशील विषयमा गणतन्त्र पक्षधर वा लोकतान्त्रिक शासन व्यवस्था चाहनेहरूले समयमै सोच्नु जरुरी छ ।

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : आश्विन १४, २०८० १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?