'बिजुली गाडीको विरोधाभास हटाऊ’ शीर्षक सम्पादकीयमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

पाठक पत्र

सरकारले नेपालमा गरिब जनता देखेको नै छैन, उसका आँखा बन्द भएको धेरै भो  । – मनबहादुर ताम्राकार

हाम्रा अर्थमन्त्री सम्भ्रान्त परिवारका परे अनि सर्वसाधारण नागरिकको हितमा केका लागि काम गर्नु ? मध्यम आय भएकालाई किन गाडी चढ्नुपर्‍यो यो नेपालमा ?
– लव ताम्राकार

बजेट भाषण सुनियो । बजेटमा जनताको व्यक्तिगत आय बढ्ने कार्यक्रम शून्य छ । महँगी नियन्त्रणको कार्यक्रम शून्य छ । जनताको लगानी संरक्षण गर्ने कार्यक्रम शून्य छ । अनुत्पादक खर्च प्रशस्त छ । आर्थिक गतिविधि बढ्ने कार्यक्रम शून्य छ । जनचाहनाका कार्यक्रम शून्य छन् । खर्च गर्दा कमिसन र अन्य भ्रष्टाचार नियन्त्रणका कार्यक्रम शून्य देखिए । माथिका सबै कुराहरू बजेटले अनिवार्य समेटेकै हुनुपर्छ तर समेटेन । तसर्थ यस वर्षको बजेटलाई मृत भनेर नामकरण गर्नुपर्‍यो । कि कसो हो ?
– रामनाथ दाहाल

प्रकाशित : जेष्ठ २६, २०८० १०:५०
प्रतिक्रिया
पठाउनुहोस्