'कसरी भाइरल भइरहेछ अन्धविश्वास ?’ सम्पादकीयमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

समस्या के हो भन्ने मान्छेलाई थाहा हुन्छ । यस्ता नीच सोच राख्नु हुँदैन ।
– सुशान्त धिराजन खड्का

भगवान् भन्नुस् या अदृश्य शक्तिले तपाईं हाम्रो अस्तित्व यस संसारमा छ । हाम्रो भौतिक आँखाले नदेखिने अदृश्य संसारको अस्तित्वलाई स्वीकार्न सकिएन भने जीवनको उत्तरार्धमा पीडा र छटपटी अवश्य भोग्नुपर्ने हुन्छ ।
– सुरेन्द्र महर्जन

जीवनयापनका लागी सबैले आफ्नो दोकान/विद्यालय खोल्न चाहन्छन् । सरकारको निगरानी आवश्यक छ ।
– राज नेगी तामाङ

जब विज्ञानको सीमा सकिन्छ अनि सुरु हुन्छ दैवीशक्ति माथिको विश्वास । जसले भोगेको हुन्छ उसैलाई थाहा हुन्छ । अन्धविश्वास हो कि के हो भनेर ।
– ठकुरी सुमित

प्रकाशित : जेष्ठ ९, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

७ नयाँ ब्रोकरले पाए लाइसेन्स

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । यसअघि आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सात वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ वटा आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो ।

पहिलो चरणमा लाइसेन्स पाउने ब्रोकरहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड छन् । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ५७ पुग्नेछ । हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×