कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डायलसिस उपकरण प्रयोगविहीन

पाठक पत्र

'डायलसिस गर्न महिनौं कुर्दै’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

डायलसिस उपकरण प्रयोगविहीन

बिरामीले एक महिनादेखि डायलसिसका लागि समय पाइराखेका छैनन् । नेताहरूलाई भने सित्तैमा विदेशमा उपचार ! नेतालाई लोकतन्त्र जनतालाई भने ‘ठोकतन्त्र’ ।
– उर्गेन कँडेल

दूरदर्शी र इमानदार नेताको अभावमा । तीनै तहको शासन व्यवस्थालाई धिक्कार ! अनुभवी र योग्य प्राविधिकको अभावमा उपकरणहरू बेकार भइरहेका छन् । कहिलेसम्म यस्तो दुर्दशा ?
– जीबी चाम्लिङ

जनशक्तिलाई तालिम नदिने अनि कमिसनको चक्करमा धेरै उपकरण किन्ने । यसरी उपकरण अलपत्र पार्ने प्रमुख र जनशक्ति तयार नगरी उपकरण किन्ने कर्मचारीलाई कारबाही हुनुपर्‍यो ।
– प्रदीप पन्थी

उपकरण ल्याएर मात्र हुन्छ ? त्यसलाई सञ्चालन गर्ने प्राविधिकको पद पूर्ति गर्नु पर्दैन ?
– सुजितकुमार चौधरी

नागरिकको जीवनसँग जोडिएको यति महत्त्वपूर्ण सबालमा पनि यो स्तरको लापरवाही मान्य छैन ।
– मीना अचार्य

देशमा जता हेर्‍यो उतै विकृति, कसैलाई केही मतलब छैन । जिम्मेवारीमा बसेका सबैलाई कमाउनैपरेको छ ।
– तीर्थ विष्ट

सरकारले के हेरेर बसेको छ थाहा छैन । देशमा चरम बेथिति छ । सरकारी लापरवाही उत्कर्षमा छ । जनता निराश छन् ।
– एलबी

प्रकाशित : चैत्र २२, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?