विकल्प नभेटेपछि विद्यार्थी विदेशतिर

पाठक पत्र

'विदेश अध्ययनमा ७ महिनामै बाहिरियो ४४ अर्ब’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

विकल्प नभेटेपछि विद्यार्थी विदेशतिर

वैदेशिक रोजगारीमा जानेहरूले हो रेमिट्यान्स भित्र्याउने, पढ्न जानेहरूले त उनीहरूको पढाइ र मिहिनेतको नेपालमा कुनै कदर नहुने भएपछि विदेशमै बन्दोबस्त मिलाउँछन् ।

फेरि पढेलेखेकाहरूलाई हाम्रो राजनीतिले ठाउँ पनि दिँदैन ।
– जितेन्द्र कोजू

सरकारलाई केको चिन्ता, जो जहाँसुकै जाऊन्, देशप्रतिको चिन्ता कुन नेता र कुन पार्टीलाई छ र !
– नारायणप्रसाद घिमिरे

शिक्षकशिक्षिका सबै पार्टीकै मान्छे । महिनौंसम्म विश्वविद्यालय, कलेजमा ताला लगाउँछन् अनि नेपालमा को पढ्छन् होलान् र ?
– धनिराम घर्तीमगर

विदेश किन प्यारो भयो, अनुसन्धान गरी समस्याको निराकरण गर । यसो भए को जान्छ विदेश ?
– मनहरि कुइँकेल

भएका क्याम्पस र विश्वविद्यालयलाई राजनीति गर्ने अखडा अनि विद्यार्थीलाई आप्ना पार्टीका झोले बनाएपछि, न गतिलो पढाइ हुन्छ, न समयमा परीक्षा, न समयमा नतिजा, न त्यसको प्रतिफल नै गतिलो आउँछ । अनि किन कोही यहाँ आफ्नो अमूल्य समय र जीवन बर्बाद गरून् ?
– असफल मानिस

विद्यार्थीले लगेको भन्दा १० गुना रेमिट्यान्सबाट भित्रिन्छ । सकारात्मक पनि हुने कि खालि नकारात्मक ।
– युवराज लम्साल

समयमै विचार पुर्‍याउन सकिएन भने अबको दस वर्षमा देशमा दक्ष जनशक्तिको चरम अभाव हुनेछ ।
– विनोद लम्साल

यस्तो अवस्था बनाउनमा दोष कसको हो त ? त्यो पनि लेखे हुने नि !
– हरमोहन भट्टराई

देशको अवस्था जर्जर छ । सबैतिर लथालिंग छ । विदेश नै विकल्प भयो ।
– विश्व गौतम

बिदेसिन्छन् नि, यहाँ गणतन्त्रले भरपूर सुविधा दिएकै छ । नेपालको सुविधाले वाक्क भएर गएका होलान् !
– सुमन भण्डारी

प्रकाशित : चैत्र १३, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?