कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रहरीको छवि बदल्ने अवसर

पाठक पत्र

वसन्त कुँवर नयाँ आईजीपी बनेका छन् । आईजीपी बन्नु ठूलो कुरा होइन, यसअघि २९ जना व्यक्ति आईजीपी भइसके ।

तथापि सो पदमा पुगेर गर्ने काम भने महत्त्वपूर्ण हो । जनताको होइन अपराधीको मुख थुन्ने काम नयाँ आईजीपीले गर्न सक्नुपर्छ । प्रहरी संगठनभित्र झाङ्गिएको विकृतिलाई हटाउँदै यसलाई चुस्तदुरुस्त बनाउनुपर्छ । प्रहरी संगठनलाई मजबुत बनाउँदै देश र जनताका बारे सोच्ने आईजीपी कमै भए । आईजीपी नेतामुखी भएकाले नै जनतामा निराशा छाएको हो । व्यक्ति होइन संगठन बलियो हुनुपर्छ अनि मात्र कामकारबाही प्रभावकारी हुन्छ ।

प्रहरी संगठनलाई राजनीति गर्ने अखडा होइन, काम गर्न थलोको रूपमा विकास गर्नुपर्छ । प्रहरीले जनभावना अनुसार काम गर्न सकेको छैन । प्रहरी संगठनलाई नियमवाली, कानुन अनुसार अघि बढाउनुपर्छ । अहिले पनि वार्षिक सयौं प्रहरीले जागिर छाडिरहेका छन्, यस्तो हुनुको कारणको अध्ययन गरेर समाधानतिर आईजीपी लाग्नुपर्छ । देशको शान्ति सुरक्षाको जिम्मा पाएको संगठनले नेताको सुरक्षा गर्ने सोच मात्र बनाउनु हुन्न ।

प्रहरी जवानलाई प्रोत्साहन गर्न र खराब काम गरे कारबाही गर्न सक्नुपर्छ । प्रहरी आफ्नो काम–कर्तव्यप्रति सजग बन्न सक्नुपर्छ । निर्दोष जनतामाथि रिस पोखेर बहादुरी देखाउने काम प्रहरीले बन्द गर्नुपर्छ । प्रहरीप्रति जनमानसको हेर्न दृष्टिमा फरक ल्याउने प्रयास आईजीपीले गर्नु जरुरी छ । त्यस्तै आम नागरिकमा परेको प्रहरी ‘बर्दीवाला गुण्डा’ हो भन्ने छाप हटाउने कोसिस गर्नुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र १३, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?