बिचौलियाले नै बढी कमाउने गरी दूधको भाउ वृद्धि भएको छ

किसानलाई कति पनि फाइदा नहुने, बिचौलियाले नै बढी कमाउने गरी दूधको भाउ वृद्धि भएको छ । – नारायण गौतम
कति बोल्नु, कति विरोध गर्नु, सुने नसुनेझैं गर्छ सरकार ।
– पुष्प सुवेदी आचार्य
हामी किसान अझै ६०–६५ रुपैयाँमा दूध बेच्दै छौं न भनेको बेलामा पैसा नै पाइन्छ । डेरीले भने घ्यू निकालेको दूध १३० रुपैयाँमा बेच्दै छन् । यो बिचौलिया प्रथा कति सहने ?
– राजेन्द्र घिमिरे
अतिआवश्यक सामग्रीहरूमा पनि अचाक्ली मूल्यवृद्धि भइरहेको छ । यसको नियन्त्रण कसले गर्ने ?
– लक्ष्मी शर्मा
मूल्यवृद्धि पुँजीवादी व्यवस्थाको विशेषता नै हो, महँगी घटाउन समाजवाद आवश्यक छ !
– दीपेन्द्र श्रेष्ठ
यस विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालय किन मौन ?
– सागर नेपाल