महँगो इम्बोस्ड नम्बर प्लेट  किन चाहियो ?- सम्पादकलाई चिठी - कान्तिपुर समाचार

महँगो इम्बोस्ड नम्बर प्लेट  किन चाहियो  ?

पाठक पत्र

यो कार्यक्रम विवादास्पद छ, राम्ररी छलफल गरेर मात्र अघि बढ्नुपर्छ  । – हरि फुँयाल

किन चाहियो यस्तो महँगो इम्बोस्ड नम्बर प्लेट ? स्मार्ट र कागजको लाइसेन्समा के फरक भयो ?
– रवीन्द्र महर्जन

इम्बोस्ड नम्बर नेपाली भाषामा हुनुपर्छ ।
– पशुपति पराजुली

यो कार्यक्रम लागू गर्नमा व्यापारीहरूको चलखेल छ । सुरुमा सरकारी गाडीमा पछि नागरिकका लागि अनिवार्य गराउने हतारो छ ।
– बाबु खत्री

यस्तो प्लेट बुझ्न र पढ्नै झन्झटिलो छ ।
– नारायण श्रेष्ठ

प्रकाशित : चैत्र २, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

दुई सातादेखि खत्याड गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिकामा करिब दुई सातादेखि सञ्चार सेवा अवरुद्ध हुँदा कर्मचारीदेखि स्थानीय समस्या परेका छन् । बाजुराको धिम, खत्याड जिउका र रारा मुर्माटपमा रहेको मोबाइल टावरले खत्याड गाउँपालिकाभर नेटवर्किङको काम गर्दै आएको भएपनि दुई सातादेखि अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् ।

दुई सातादेखि खत्याड गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका दलित अधिकारकर्मी धिरज नेपालीले बताए । लामो समयसम्म मोबाइलमा नेटवर्क बन्द हुँदा पुन: सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको उनको गुनासो छ ।

केही दिनयताको भीषण हावाहुरी र चट्याङले गर्दा कुन ठाउँको मोबाइल टावर अवरुद्ध भयो भन्ने एकिन नहुँदा सेवागाह्री मर्कामा परेका छन् । दुई सातादेखि जिल्लाभित्र र बाहिर सम्पर्क गर्न नपाउँदा जनप्रतनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीय निराश भएका छन् ।

'खत्याड गाउँपालिकामा मोबाइल नेटवर्क बिग्रिएको धेरै दिन भइसक्यो,' गाउँपालिकाकी उपप्रमुख सरिता रोकायाले भनिन् 'जिम्मेवार निकायले छिटो मर्मत गरिदिनु पर्‍यो ।'

खत्याड गाउँपालिकामा अवरुद्ध मोबाइल नेटवर्क पुन: सञ्चालनका निम्ति क्षेत्रीय कार्यालयमा मौखिक खबर भइसकेको र केही दिनभित्र सुचारु हुने टेलिकम प्रमुख गणेश जिसीले जानकारी दिए । बाजुराको धिममा रहेको मोबाइल टावर सुदूरपश्चिमले मर्मत गर्ने भएकोले त्यहाँ पनि खबर गरिसकेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २, २०७९ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×