'मन्दीले व्यवसायी पलायन हुने चिन्ता’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :- सम्पादकलाई चिठी - कान्तिपुर समाचार

'मन्दीले व्यवसायी पलायन हुने चिन्ता’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

पाठक पत्र

भाउ बढ्दो छ । हरेक उपभोग्य सामग्रीको निर्बाध आयात । हाम्रो कुनै आफ्नो उत्पादन छैन । नुनदेखि गुन्द्रुकसम्मै विदेशको । उतैबाट बढेर आउँदो हो । यहाँ त्यही निहुँ भैगयो । मनलाग्दी भाउ बढाउँदा त्यसको रोकथामका लागि यहाँ कुनै कसीकसाउको थिति छैन । उपभोक्तासँग बढ्दो भाउको बेसाहा थाम्न क्रयशक्ति पनि छैन ।
– सम्वेद शर्मा चापागाई

उपभोक्ताहरूले आफूले उपभोग गर्ने वस्तुको मूल्य वृद्धि भयो भने विरोधस्वरूप उक्त वस्तुलाई देशभरि बहिष्कार गरेर मूल्य घटाउन बाध्य पार्न सक्नुपर्छ । जबसम्म यो परिपाटीको विकास हुँदैन तबसम्म उत्पादक तथा व्यापारीहरूको मनमौजीले उपभोक्ताहरूले महँगी खेपिरहनुपर्ने हुन्छ ।
– सुरेन्द्र महर्जन

मोटा चामल त १५० मात्र बढेको रैछ ! अरू १५०० को २५०० रुपयाँ पुगेको छ । एक बोरामै एक हजार रुपैयाँ बढेको छ ।
– टेकराज श्रेष्ठ

सबैतिर संकट देखिएको छ, यस्तोमा नेपालमा भविष्य देखिन्न ।
– विनय देवान

चरम महँगीको मारमा जनता, नेताहरूलाई भने हाईहाई छ ।
– नारायण गौतम

प्रकाशित : चैत्र १, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा स्वास्थ्य संस्था अपायक

काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका–१० नगरकै सबैभन्दा ठूलो वडा हो । वडाको एक गाउँबाट अर्को गाउँसम्म पुग्न कतैकतै ८ घण्टासम्म लाग्छ । वडा ठूलो भएकाले यहाँका दुईवटा स्वास्थ्य इकाइ अपायक स्थानमा रहेको वडाध्यक्ष मतिलाल डाँगीले बताए । एउटा स्वास्थ्य इकाइ गापा गाउँमा छ भने अर्को साउनेपानीमा ।

ती इकाइमा एक/एक जना स्वास्थ्यकर्मी छन् । ‘बिरामी भएमा तत्काल उपचार पाउने अवस्था छैन । बर्थिङ सेन्टर नभएकाले झन् समस्या छ,’ डाँगीले भने, ‘गाउँमै सुत्केरी गराउन सकिने व्यवस्था मिलाउन नगर र जिल्ला स्वास्थ्यसँग समन्वय गरे पनि सुनुवाइ भएको छैन ।’

रोल्पा–१० धबाङ गाउँकी ४४ वर्षकी केरौली सुनारले गाउँमा स्वास्थ्य इकाइ नभएकाले समस्या भएको सुनाइन् । ‘बिरामी भएपछि कि गापा पुग्नुपर्‍यो कि त साउनेपानी जानु पर्‍यो,’ उनले भनिन्, ‘हामीलाई त जता पनि टाढै पर्छ ।’ बिरामी भएपछि सक्ने गाउँलेहरू सदरमुकाम लिबाङमा रहेको अस्पताल पुग्छन् भने कम आय भएका घरमै बस्छन् । स्थानीय ज्येष्ठ नागरिक पूर्णबहादुर थापाले वर्षौंदेखि गाउँमा राम्रो सेवा भएको स्वास्थ्य चौकीको माग गर्दै आएको बताए । ‘हाम्रा कुरा कसैले सुनेनन्,’ ७२ वर्षीय उनले भने, ‘चुनावमा भोट माग्न आएका सबैले छिट्टै ल्याइदिन्छौं भनेर वाचा गर्छन् तर पछि बिर्सन्छन् ।’

कांग्रेस जिल्ला सचिवसमेत रहेका स्थानीय शेरबहादुर थापाले तत्कालीन सशस्त्र द्वन्द्वका बेलामा माओवादी पक्षले बीच गाउँमा स्वास्थ्य चौकी राख्न नदिएकाले अहिलेसम्म भरपर्दो स्वास्थ्य इकाइ नभएको बताए । ‘त्यसबेला स्वास्थ्य चौकी राखेमा प्रहरी चौकी पनि बस्छ, हाम्रा विरुद्ध सुराकी गर्नेहरू बढ्छन् भनेर माओवादीका कार्यकर्ताले राख्न दिएनन्,’ उनले भने ।

त्यसपछि जिल्ला स्वास्थ्य र नगर स्वास्थ्यले काम चलाउ उद्देश्यले दुई स्थानमा अस्थायी कार्यालय सञ्चालन गरेर कर्मचारी पठाएको छ । तर, गतिलो र भरपर्दो स्वास्थ्य चौकी छैन । गापास्थित स्वास्थ्य इकाइकी इन्चार्ज बब्ली गुरुङले नजिकका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि टाढाकालाई अप्ठ्यारो परेको बताइन् ।

गाउँमा भरपर्दो स्वास्थ्य संस्था अभावमा स्थानीय बिरामी पर्दा धामीझाँक्रीमाथि नै भर पर्ने गरेको धबाङका वडासचिव चन्द्रज्योति सुवेदीले बताए । गाउँको सुरक्षाका लागि वडा कार्यालय नजिकै अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ तर स्वास्थ्य चौकी स्थापना गर्नेबारेमा जनप्रतिनिधिबीच अहिलेसम्म छलफल नभएको उनले बताए । ‘बिरामी हुने बित्तिकै धेरै खर्च गरेर लिबाङकै अस्पताल पुग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यतै स्वास्थ्य इकाइ भए राम्रो हुन्थ्यो ।’

प्रकाशित : चैत्र १, २०७९ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×