१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'मैले बौद्धिक चोरी गरेको होइन'

रोशन पाण्डे

काठमाडौँ — नेपाली भू-उपग्रह 'नेपाली स्याट १' कहिले, किन र के का लागि अन्तरिक्षमा पठाईयो? यसले के गरिरहेको छ? यसका फाइदाहरु के के हुन्? यो विषयमा रहेका कुराहरु त थुप्रै छन् र ति मध्ये आज एक जल्दो बल्दो विषय: नेपाली भू-उपग्रह 'नेपाली स्याट १' कसको हो? 

नेपालको तर्फबाट "नेपाली स्याट १" परियोजनाको केन्द्र बिन्दुमा रहेको म युवा वैज्ञानिक ई. रोशन पाण्डे, जो अध्ययन अध्यापन गर्दै नास्टमा सेवारत छु; के मलाई Intellectual Property Right [IPR] वा बौद्धिक अधिकारका बारेमा थाहा न होला र? सञ्चारमाध्यमहरूले कुरै नबुझी आरोप लगाउँदा कसैको प्रोफेसनल तथा विद्यार्थी जीवन; जो करियरको उच्चतम बिन्दुमा छ; यस प्रकारको बिषयको उठान मात्रले पनि के असर हुन जान्छ? भोलिका दिनमा कुनै एउटा संकाय/महाशाखाको प्रमुखको दाबेदारमा रहेको व्यक्तिलाई आरोप लगाउनु अघि सोच्नु आवश्यक देख्छु। देशको ठूलो सञ्चार मध्यमले यस्तो कुरा अगाडी राख्दा; भएका सबै तथ्यहरु नराखि एकपक्षीय कुरालाई सत्य मानि प्रकाशन गरेको देखेर म अत्यन्तै मर्माहत भएको छु।

आधिकारिक संस्थाको केन्द्र बिन्दुमा भएको व्यक्तिले नियम पूर्वक गरेको प्रस्तुतिलाई आधिकारिक नरहेको भन्दै सम्बन्धित निकायबाट आएको पत्रलाई समयमै उपलब्ध नगराई दिने साथै संस्था भित्रकै कर्मचारीले प्रकृयामा रहेको अधिकारिक पत्र सुनियोजित ढङ्गले फसाउने नियतका साथ सार्वजनिक गर्दिने; पत्र पठाउने प्राध्यापक र म बिच नियोजित हिसाबले तनाब सृजना गराउने जस्ता कार्यहरु मलाई अशैय छन्।

जुलाई २०२०मा IACद्वारा आयोजना हुन गईरहेको सम्मेलनमा मैले संस्थाबाट समर्थन प्राप्त गरि सम्मेलन पत्र प्रस्तुत गर्न लागेको थिए; यसै बिच COVID-१९को महामारीले उक्त सम्मेलन औपचारिकता पुरा गर्नको लागि अनलाइनमा सिमित भयो र त्यस कार्यक्रममा मैले “नेपाली स्याट १”को “साधारण सुचनामुलक” प्रस्तुति दिएको थिए र उक्त प्रस्तुतिमा राखिएका कुराहरुलाई IACले आफ्नो वेबसाइटमा प्रकाशन गर्यो। उक्त प्रकाशनलाई आधार मान्दै देशकै गौरवको रूपमा रहेको परियोजनाको साधारण बिवरण मात्र दिने किसिमको सम्मेलनपत्र मैले प्रकाशन गरेको हुँ । उक्त परियोजना जापानको क्युटेक र नेपालको नास्ट बिच सहकार्यमा गरिएको हो तर प्रकाशित सम्मेलन पत्रको डिसेम्बर ७, २०२० मा Referencing नमिलेको कुरामा क्युटेकबाट पत्राचार भयो भनि मलाई मौखिक रूपमा जानकारी गरियो र त्यस बिषयलाई मैले गम्भीरता पुर्वक लिई तत्कालै IACको प्रकाशन गर्ने निकायलाई भविष्यमा कुनै समस्या सृजना नहोस् भनि त्यस सम्मेलनपत्रलाई सच्याउन मिल्ने भए सच्याउन र यदि नमिल्ने भए त्यस सम्मेलन पत्रलाई IACको वेबसाइटबाट हटाई दिन भनि अनुरोध इमेल मार्फत मैले डिसेम्बर ९, २०२०मा पठाए र मैले मेरो कार्यालयलाई पनि लिखित रूपमा नै इमेल पठाई सकेको जानकारी गराए। उक्त इमेलको जवाफको प्रतिक्षारत हुदै गर्दा त्यस बिचमा क्युटेकबाट कति वटा पत्रहरु; के के सम्बन्धमा आए मलाई जानकारी गराईएन। त्यस पछाडी अहिले कान्तिपुर दैनिकमा सार्वजनिक भएको क्युटेकको पत्र, म कहाँ नआईपुगी सञ्चार माध्यममा प्रकाशनका लागि नियोजित रूपमा सार्वजनिक गरियो। यसरी आफ्नै कार्यालय भित्र प्रस्ट सुचना समयमा प्राप्त नहुनाले; क्युटेकका प्राध्यापक र म बिच सिधा संवाद हुन नपाएकाले यो स्थितिको सृजना भयो। यहाँ त कुरा प्रस्तुतिको मात्रै रहेन; कुरा त सुचना लुकाएर फसाईएको हो। अब त मेरो भन्दा नि संस्थाको दायित्व र जिम्मेवारी हो।

तिललाई पहाड बनाई कुरा बढाउन मलाई मन छैन तर मेरो चरित्र माथि नै आक्रमण गर्दा मैले चाहीँ आरोप कसलाई लगाऊ? संस्थालाई; संचार माध्यमलाई वा त्यस व्यक्तिलाई ? बौद्धिक वर्ग; जसले कान्तिपुर समाचारका लागि आफ्नो भनाई राख्नु अघि वास्तविक कुरा बुझ्नु भएको थियो? कुनै एक व्यक्तिको एक पक्षीय धारणा नै पूर्ण सत्य हुन सक्छ या सक्दैन भन्ने विषयमा पनि एक चोटी गम्भीर रूपले अवश्य सोचौँ अनि मात्र विश्लेषण गर्न अगाडी बढौँ।

- रोशन पाण्डे, नाष्ट

प्रकाशित : फाल्गुन २४, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?