सधैं रित्तै विशिष्ट कक्ष

कान्तिपुर संवाददाता

सरकारी अस्पतालहरूमा सर्वसाधारण बिरामीका लागि भर्ना हुन बेड कहिल्यै खाली हुँदैन  । शिष्ट/‘भीभीआईपी बेड’ सधैं खाली हुन्छ, किन ? भीभीआईपी कोठा खोलेर हेर्‍यो भने माकुराको जालो, धुलो र कसिङ्गर बाहेक केही भेटिँदैन  ।

वर्षौंदेखि हालिएको तन्ना धुलोमैलोले भरिएको हुन्छ । तर गणतन्त्रपछि कोही पनि भीभीआईपी त्यो कक्षमा गएर उपचार गरेको थाहा छैन । शिक्षण अस्पतालमा इमर्जेन्सीमा बेड खाली नभएर एउटै बेडमा ३ जना सुताएर उपचार गर्नुपरेको कारुणिक दृश्य देख्न सकिन्छ । बाहिर जिल्लाबाट राजधानीमा राम्रो उपचार पाइन्छ भनेर आउने बिरामीहरू बढिरहेका छन् । ‘भीभीआईपीहरू’ ले उपचार गर्न सरकारी अस्पतालमा गए पो त्यहाँको वस्तुस्थिति थाहा हुने थियो । सर्वसाधारणले कसरी उपचार गराइरहेका छन् ? उपचार गर्न जाँदा कति कष्ट भोग्नुपरेको छ ? अस्पतालको व्यवस्थापन कसरी चलेको छ ? डाक्टरहरूले समयमा उपचार गरेका छन् कि छैनन् ? सरकारी अस्पतालमा कार्यरत डाक्टरहरू प्रायःजसोको आफ्नो निजी क्लिनिक छ । उनीहरू अस्पतालमा भन्दा बढी समय आफ्नो क्लिनिकलाई दिइरहेका छन्् । अझ कतिपयले त सिधै फलानो क्लिनिकमा आउनु भनेको समेत सुनिन्छ । यस्ता विषयमा सम्बन्धित निकायको ध्यान जानसकेको छैन ।
वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, महाराजगन्ज जस्ता अस्पतालहरूमा सधैं भीभीआईपी सिट खाली नै हुन्छ । आदर्शका कुरा गरेर नथाक्ने हाम्रा उच्चपदस्थहरू रोग निदान गर्न विदेशका महंँगा अस्पताल धाउँछन् । यहाँ उपचार गराउँदैनन् । यहाँ उपचार नहुने रोगका लागि विदेश जानु ठिकै हो । तर सामान्य रोग लाग्दा पनि विदेश जानु भनेको यहाँको उपचार पद्धति र चिकित्सकप्रति विश्वास नगर्नु हो । सुविधा सम्पन्न सरकारी अस्पतालहरू छन्् । विशेषज्ञ डाक्टरहरू पनि छन् । उपचारका लागि आवश्यक पर्ने उपकरणहरू पनि छन् । तर पनि उपचारका लागि विदेश नै जान्छन् । भीभीआईपीहरूलाई किन विदेश मोह भएको हो ? सामान्य नागरिक सिटामोल खान नपाएर मर्ने देशका उच्चपदस्थहरू आफूहरू भने सरकारी खर्चमा सिंगापुर, थाइल्यान्ड जँचाउन जान्छन् । यो बेथिति कहिले रोकिएला ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सबै प्रदेश प्रमुख बर्खास्त

कान्तिपुर संवाददाता

देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखलाई ओली सरकारले एकैचोटि पदमुक्त गरेर गणतन्त्र नेपालका सबै प्रदेशहरू प्रमुखविहीन बनाएको खबरले सत्तापक्ष र प्रतिपक्षको दूरी बढाउने अनुमान गर्न सकिन्छ  ।

आलंकारिक प्रदेश प्रमुखहरूलाई निकट आइरहेको उपनिर्वाचन सम्मुख पदच्युत गर्नु पछाडि कुनै रहस्य लुकेको हुनुपर्छ । प्रधानमन्त्रीको अस्वस्थ अवस्थामा लिइएका यस्ता निर्णयले राजनीतिलाई पनि अस्वस्थ नबनाओस् ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT