अकबरी सुन कि फलाम ?

कान्तिपुर संवाददाता

राजनीतिमा अपराध हावी भएको देख्दा चिन्ता लागेर आउँछ  । मात्रा कम र बढी मात्रै हो, सबै दलको अवस्था लगभग उस्तै छ  ।

लाज पचेका नेताहरू राम्रालाई भन्दा हाम्रालाई गतिलैसँग काखी च्याप्छन् । साम, दाम, दण्ड, भेद नीति अवलम्बन गरी चुनाव जितेपछि अधिकांशको ध्यान कमाउने र आफ्नालाई पोस्ने मात्र हो । आफूलाई ठूला नेता भन्न मनपराउनेहरूको पनि हालत यही नै छ । दूरदृष्टि र गतिशीलताको अभाव हामीले झेलिनै रहेका छौं । अनेक हत्कण्डा अपनाएर राजनीतिलाई विकृत पार्न मरिमेट्ने रोग यथावत रहेसम्म देशले समृद्धिको बाटो समात्ने गुञ्जायस छैन । यद्यपि न्यायालयको अहिलेको सक्रियताले अलिकति राहत महसुस गराएको छ । आम नागरिक अलिक चनाखो हुने र विधिविधानले दह्रो खुट्टा टेक्ने हो भनेमात्र सुरक्षाको अनुभूति होला । अन्यथा हाम्रो लोकतन्त्रलाई सक्कली लोकतन्त्र भन्नु र खिया लागेको फलामलाई अकबरी सुन भन्नु उस्तै–उस्तै होला ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : कार्तिक ६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?