सबैलाई कारबाही हुनुपर्छ

कान्तिपुर संवाददाता

पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै विभिन्न बहानामा अपराध गर्नेहरू पक्राउ परेको सुन्न पाउँदा खुसी लागेको छ  । थोरै भए पनि गल्ती गर्दा कानुन छ है भन्नेसम्म महसुस भएको छ  ।

बहालवाला सभामुख बलात्कार काण्डमा पक्राउ पर्नु, १२ वर्षभन्दा पहिला जिउँदै मानिस जलाएको आरोपमा तत्कालीन मन्त्री तथा बहालवाला सांसद मोहम्मद अफताब आलम पक्राउ पर्नु, दोलखाका सांसद पार्वत गुरुङ पक्राउ पर्नु लगायत विभिन्न घटनामा संलग्न दोषीहरू समाती अनुसन्धान गर्दा कानुन छ कि भन्ने आभाष भएको छ । विगतमा ठूलाबडाहरूले अपराध गर्दासमेत कुनै कारबाही नगर्दा सर्वसाधारणमा निराशा र भय पैदा भएको थियो । गलत गर्ने अपराधी चाहे प्रधानमन्त्री हुन्, मन्त्री हुन्, उच्चपदस्थ कर्मचारी हुन् वा सर्वसाधारण सबैलाई कानुन बमोजिम दण्ड, सजाय दिएमा न्याय पाएको महसुस हुनेछ । तराई/मधेस, हिमाल, पहाड सबैतिर विगतदेखि नै आपराधिक गतिविविधमा संलग्नहरू समाजमा खुलेआम हिंँडिरहेको देख्दा डरैमर्नु भएको छ । द्वन्द्वकालका घटना त्यतिकै थन्किएका छन् । सबैलाई राज्यले कानुनी कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ ।
– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : कार्तिक ६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?