कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली–दाहालबीच बढ्यो दूरी

कान्तिपुर संवाददाता

सोमबार प्रकाशित ‘ओलीको अभिव्यक्तिपछि दाहालको दूरी’ समाचारले केही तरंग पैदा गरेको छ  । पार्टी एकताका बखत ‘विशाल जेटका दुई कुशल पाइलटका’ रूपमा आफूहरूलाई प्रचार गरेका नेकपाका दुई अध्यक्षमा उत्साहभन्दा पनि केही कुण्ठा र निराशाजनक अभिव्यक्ति आउनु दुःखद हो  ।

आम नेपालीले विशेषतः ओलीलाई विश्वास गरेर ठूलो भरोसासाथ चुनावमा झन्डै दुई तिहाइको सुविधाजनक मत दिएका हुन् । जुन कुरा कान्तिपुरको अन्तर्वार्तामा ओलीले भनेका छन् । प्रचण्डको नाम र तस्बिर भजाएर यो बहुमत पक्कै पनि आएको होइन । यो तथ्य घामझैं छर्लंग छ । लामो समयदेखि कम्युनिस्ट पार्टीको टुटफुटबाट आजित वामपन्थी जनमत तात्कालिक नेकपा (एमाले) र एमाओवादी केन्द्रको चुनावी गठबन्धनबाट खुसी हुँदै साझा उम्मेदवारलाई मतदान गर्न राजी भएका हुन् । वामपन्थी मतदाताले देशमा समृद्धि हासिल हुने र आमनेपाली सुखी हुने भन्दै ठूलो भरोसासाथ वामपन्थी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मतदान गरेका हुन् । तर विशाल जेटका दुई पाइलटले पार्टीलाई दुर्घटनाको नजिक पुर्‍याइसकेका छन् ।
– यज्ञराज न्यौपाने, पेप्सिकोला, काठमाडौं

प्रकाशित : कार्तिक ५, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?