प्रधानमन्त्रीलाई प्रश्न

कान्तिपुर संवाददाता

आइतबार प्रकाशित ‘प्रधानमन्त्रीका कुरा’ सम्पादकीय सटिक लाग्यो  । हो, केपी शर्मा ओली नेतृत्वको सरकारमा केही राम्रा काम नभएका त होइनन्, तर जनता केन्द्रित र जनतालाई अनुभूति हुने काम नभएको तितो कुरा सम्भ्रान्त वर्ग र प्रतिपक्षको बोली होइन  ।

गाउँका जनता केन्द्रित काम नभएकाले निम्नलिखित प्रश्न तेर्साएको छु :
१. कृषकले कृषि ऋण, मल, बीउ पाउनसकेका छन् कि छैनन् ? यस्ता काममा दृष्टि नभएका कृषि मन्त्रीलाई फेर्न सकिन्छ
कि सकिन्न ?
२. गाउँका गरिब किसानले पालेको एउटा खसी, बोका, बंगुर, भाले बेच्दा कर तिर्नुपर्ने हो ? करको सीमा के, कति हो ? स्थानीय सरकारले मनपरी कर निर्धारण गरेर निरीह जनताबाट असुल्न सुहाउँछ ?
३. माओवादी द्वन्द्वबाट ध्वस्त पारिएका गाउँतिरका टेलिफोन लाइन पुनःस्थापना गर्नसके मोबाइल किन्न नसक्ने जनताले सुविधा पाउँथे कि ?
४. गाउँतिर स्वास्थ्यचौकीमा प्राविधिक जनशक्ति नबस्ने, कम्तीमा १० देखि ३ बजेसम्म पनि नखोल्ने, गरिब बिरामीले सिटामोल पनि पाउन नसक्ने गुनासोका बावजुद स्वास्थ्यमन्त्री विदेशतिर मात्र शयर गर्ने र मन्त्रालयको व्यवस्थापन कमजोर भएको आवाजप्रति प्रधानमन्त्रीले कदम चाल्न किन नचाल्ने ?
५. जनताका छोराछोरीलाई निशुल्क शिक्षा प्रदान गर्ने भनिए पनि विभिन्न शीर्षक राखी अवैध रकम असुल्ने, चिकित्सा शिक्षामा निजी मेडिकल कलेजको ब्रह्मलुटलाई बन्द गराउन र पढाउन नसक्ने घुर्की दिने कलेजको साँचो हातमा लिन नसक्ने शिक्षामन्त्रीको के काम ?
६. कतिपय स्थानीय सरकारले अनावश्यक डोजर आतंक गरेका, विकास, निर्माण नगर्ने तर जनताको हितविरुद्ध निर्णयमाथि प्रधानमन्त्रीले किन निर्देशन नदिने ?
७. कतिपय प्रदेश तथा स्थानीय सरकारको समन्वय नहुँदा स्थानीय जनतालाई मर्का परेको र विकास निर्माण हुन नसकेको पहिल्याई प्रधानमन्त्रीले निर्देशन दिन किन सक्नुभएको छैन ?
८. रिक्त रहेका सबै निकायमा समयमै पदपूर्ति किन नगर्ने ?
९. सांसद विकास कोष बापत बाँडिएको रकममध्ये कति सही काममा खर्च भयो ? सोको अनुगमन गरी कडा कदम चाल्न प्रधानमन्त्री किन निरीह बन्नुभएको ?
१०. संघीयता लागू भएको यतिका बितिसक्दा पनि प्रदेशको नामकरण गर्न नसक्ने ४ वटा प्रदेशलाई शीघ्र नामकरण गर्न निर्देशन दिन केले छेक्यो ?
११. खाल्डाखुल्डी परेका र बिग्रे/भत्केका सडकहरूबाट जनताले दुःख पाइरहँदा यस्ता सडक (नागढुंगा–नौबिसे–मुगलिङ लगायत) को मर्मतसम्भार, पुलको ठेक्का लिने तर काम नगर्ने पप्पु लगायतका ठेकेदारलाई ठेगान लाउन नसक्ने भौतिक योजना मन्त्रीको के काम ?
१२. करिब ९० प्रतिशत नेपालीले मान्ने धर्म, संस्कृति, पर्वमा विदा दिन कञ्जुस्याइँ गरी सस्तो लोकप्रियता कमाउन खोज्ने तर अपराध नियन्त्रण गर्न चासो नराख्ने गृहमन्त्रीको काम के ?
१३. संविधान जारी भइसकेको, कार्यान्वयनको सिलसिलामा विधिको शासन गरिरहेको मुलुकका ट्राफिक प्रहरीले यातायातका साधनले गरेको बेथितिप्रति कडा कारबाही गर्न किन सक्दैन ?
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : कार्तिक ५, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१२ तस्बिरमा हेर्नुहोस्, दशरथ रंगशाला पुनर्निर्माण

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य खेलस्थल (उद्घाटन/समापन) को रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्रयोग गर्ने तयारी छ । साग तयारीका लागि अब थोरै दिनमात्र छ । मंसिर १५ देखि २४ सम्म सागको मिति तय छ । त्यसअघि मंसिर ३ गते विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतसँगको खेल सोही रंगशालामा खेलाउनुपर्नेछ ।

भूकम्पपछि पुनर्निर्माण चरणमा रहेको दशरथ रंगशाला निर्धारित समयसम्म तयार हुनेमा अझै विश्वस्त हुन सकिएको छैन । अन्य कामहरू लगभग अन्तिम चरणमा पुगिसकेको छ । अबको मुख्य चिन्ता निर्माणाधीन भीआईपी प्यारापिटतर्फको छ । पश्चिमतर्फ अवस्थित करिब ३ हजार दर्शक क्षमताको भीआईपी प्यारापिटको ‘सिमेन्टेड’ छानो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले जीर्ण बनाएपछि दशरथ रंगशाला बन्द छ ।

राष्ट्रिय खेलकुद परिषद्ले भीआईपी प्यारापिटका लागि अत्याधुनिक फ्याब्रिक प्रणाली प्रयोग गर्दैछ । यही फ्याब्रिक छानो मंसिर ३ गते अगाडि नै दशरथ रंगशालामा फिट गर्न सकिनेमा शंका छ । किनभने चीनबाट आउनुपर्ने यो छानो अहिलेसम्म नेपाल आइपुगेको छैन । परिषद् सदस्य–सचिव रमेशकुमार सिलवालले असोज १४ मा विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया जान लागेको राष्ट्रिय फुटबल टोलीको बिदाइका बेला भनेका थिए, ‘रंगशालाकै समस्याले तपाईहरूले सुरुका चारै खेल अवे खेल्नुपर्‍यो । मंसिर ३ मा कुवेतसँग हुने खेल त्रिपाल टाँगेरै भए पनि दशरथ रंगशालामा खेलाउँछु ।’

राखेपका प्रमुख इन्जिनियर अरुण उपाध्यायका अनुसार फ्याब्रिकबाहेक चीनबाट आउनुपर्ने कुर्सी नेपाली भन्सारमा आइसकेको छ । भारतबाट फलामे पोलहरू आइसकेको छ, त्यसलाई ‘फ्रेम’ बनाउने काम भइरहेको छ । ‘अबको दुई सातामा हामीले प्यारापिटमाथि फलामका फ्रेम जोडिसक्नेछौं, फ्र्याब्रिक आएपछि सागअगावै सम्पन्न गर्नेगरी काम भइरहेको छ,’ उनले थपे, ‘हामीले मंसिर ३ को मितिका लागि रंगशाला तयार गर्नुपर्छ भनेर ठेकेदारलाई दबाब दिएका छैनौं ।’


प्रकाशित : कार्तिक ५, २०७६ ११:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×