अपराधको पराकाष्ठा

कान्तिपुर संवाददाता

पछिल्लो समय पत्रपत्रिकामा प्रकाशित समाचारहरू पढ्दा शरीरै सिरिङ्ग हुन्छ  । मानवताको कति पनि संवेदना नभएकाहरूको चरित्र देखेर मन दु:खित हुन्छ  ।

आखिर किन यस्ता घटना हुन्छन् ? अनि त्योभन्दा ठूलो अपराध गर्दै राजनीतिक आवरणमा किन यस्ता घटनालाई ढाकछोप गरिन्छ ? महरा, सांसद प्रक्राउ हुँदै पूर्वमन्त्री आफताव आलमको कुकर्म कुनै पनि हालतमा क्षम्य विषय होइनन् । यस्ता अपराधीलाई सामान्य कारबाहीमात्रै होइन, आजीवन जन्मकैदको सजाय हुनुपर्छ । आलम प्रकरणमा जुन यथार्थ बाहिर आइरहेको छ, त्यो क्रूरता र संवेदनाहीनताको पराकाष्ठा हो । जिउँदो मानिसलाई लठ्याएर बोरामा कोचेर इँटाभट्टामा लगेर जलाउनुलाई सामान्य अपराध मान्नु पनि अर्को अपराध हो । विडम्बना के भने राजनीतिक पहुँचको भरमा यस्ता घटना ढाकछोप गरिन्छ । होइन भने आलम १२ वर्षअघि नै जेलको चिसोपान गर्दै हुनुपथ्र्यो । साथै पछिल्लो अर्को जघन्य अपराध जुन निर्मला प्रकरण भनेर चिनिन्छ, त्यसका अपराधीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । सुशासन कायम गर्ने हो भने लुकाइएका र दबाइएका अन्य अपराधको पनि स्वतन्त्र छानबिन गर्न प्रहरी प्रशासनलाई जिम्मेवारी दिनुपर्छ । ‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ भन्ने भनाइलाई चरितार्थ पार्दै ढिलै भए पनि भएको अनुसन्धान कार्यलाई स्वागत गर्नुपर्छ । यसले ढिलो–चाँडो हुनसक्छ, तर अपराध लुकाउन सकिन्न भन्ने सन्देश प्रवाह भई अपराध न्यूनीकरणमा सहयोग पुग्नेछ।
– शिवप्रसाद घिमिरे, धुर्कोट–७, गुल्मी

‘न्याय खोज्दाखोज्दै मारिइन्’ आमा पढेंँ । दृश्यले निकै गम्भीर बनायो । रौटहटको राजपुरमा १२ वर्षअघि बम विस्फोटपछि इँटाभट्टामा जलाएका छोराको न्यायका लागि रुक्सानाले निकै प्रयास गरिन्। उनले न्यायको साटो संसारबाट विदा भइन् । कानुनी राज्यमा योभन्दा अरु दु:खद दृश्य नागरिकले के हेर्छन् र भोग्छन् ? ढिलै भए पनि घटनाका दोषी कांग्रेस नेता तथा पूर्वमन्त्री आलम पक्राउ परेका छन् । सत्य–तथ्य छानबिन गरी कडाभन्दा कडा कारबाही होस् र पीडितहरूले न्याय पाऊन् । अझै पनि जसको शक्ति उसैको भक्ति गर्ने प्रवृत्ति मौलाउँदो छ । दलहरूले समाजका गलत प्रवृत्तिलाई बढावा दिने, संरक्षण गर्ने, फाइदा लिने, राज्यको शक्तिमा पुर्‍याउने र आफ्नो हित अनुकूल प्रयोग गर्नाले समाजमा आपराधिक घटना न्यूनीकरण हुनुको साटो झन् बढेर गएको छ । सरकारमा जाने र राजनीतिक रूपमा प्रतिशोध साँध्ने कुरा त सामान्य बनिसकेको छ ।
जिउँदै मान्छेलाई तड्पाई–तड्पाई मार्ने आँट सबैले गर्न सक्दैन । जोसँग सत्ता र शक्तिको आड हुन्छ, त्यसैबाट सम्भव हुन्छ, कि त अपराधीबाटै सम्भव हुन्छ । तर आलमलाई कसरी लिने ? कुरा गम्भीर छ । एकातिर र कांग्रेसका सांसद हुँदै मन्त्रीसम्म बनिसकेका छन् भने अर्कोतिर यतिको ठूलो आपराधिक घटनाका दोषीका रूपमा पक्राउ परेका छन् । १२ वर्षसम्म पीडितको मुख थुनिएको थियो । पक्राउपछि पीडितहरूले के न्याय पाउँछन् त ? कि राजनीतिको आडमै सबै कुरा सकिन्छन् ? जुन कुरा गरिब नागरिकले भोग्दै आएका छन् । आलमलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरे पनि दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाएर कानुनी राज्यको प्रत्याभूति सरकारले गराउनैपर्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

प्रकाशित : कार्तिक ४, २०७६ ११:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

युवा ठग्ने अखडा

कान्तिपुर संवाददाता

विभिन्न जिल्लाबाट राजधानी आउने मान्छेको पहिलो गन्तव्य रत्नपार्क हुने गर्छ  । रत्नपार्क घुम्न नजाने मान्छे विरलै हुन्छन्  ।

पहिलाको तुलनामा रत्नपार्क अहिले व्यवस्थित भएको छ । रत्नपार्कभित्र प्रवेशका लागि टिकट प्रणाली लागू भएपछि व्यवस्थित भएको हो । वातावरण पनि रामणीय नै छ । बालबालिका लिएर घुम्न जानेको संख्या निकै बढेको छ । बालबालिकादेखि वृद्धहरूसम्मका मानिसको भीड रत्नपार्कमा लाग्ने गर्छ । यो भीडसँगै रत्नपार्कमा यौन विकृति पनि फैलिरहेको पाइन्छ । विभिन्न समयमा त्यहाँका विकृतिसँगै गाउँबाट आएका मान्छेहरू ठगिने गरेका समाचार पनि बाहिर नआएका होइनन् । अहिले रत्नपार्कमा दिनहुँ युवाहरू यौन प्यास मेटाउने नाममा ठगिइरहेका छन् । साँझ ७ बजेपछि रत्नपार्कको बाहिरी गेट वरिपरि र पुरानो बसपार्कभित्र यौनबारे मोलमोलाइ सुरु हुन्छ । प्रहरीहरू घुमिरहेका भए पनि तिनलाई बेवास्ता गर्दै युवायुवतीहरूबीच मोलमोलाइ भइराखेको हुन्छ । अहिले रत्नपार्क दैनिक युवाहरू ठगिने अखडा बनिरहेको छ ।
– गोविन्द विक, बुनपा–१२ कपन, काठमाडौं

प्रकाशित : कार्तिक ४, २०७६ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT