युवा ठग्ने अखडा

कान्तिपुर संवाददाता

विभिन्न जिल्लाबाट राजधानी आउने मान्छेको पहिलो गन्तव्य रत्नपार्क हुने गर्छ  । रत्नपार्क घुम्न नजाने मान्छे विरलै हुन्छन्  ।

पहिलाको तुलनामा रत्नपार्क अहिले व्यवस्थित भएको छ । रत्नपार्कभित्र प्रवेशका लागि टिकट प्रणाली लागू भएपछि व्यवस्थित भएको हो । वातावरण पनि रामणीय नै छ । बालबालिका लिएर घुम्न जानेको संख्या निकै बढेको छ । बालबालिकादेखि वृद्धहरूसम्मका मानिसको भीड रत्नपार्कमा लाग्ने गर्छ । यो भीडसँगै रत्नपार्कमा यौन विकृति पनि फैलिरहेको पाइन्छ । विभिन्न समयमा त्यहाँका विकृतिसँगै गाउँबाट आएका मान्छेहरू ठगिने गरेका समाचार पनि बाहिर नआएका होइनन् । अहिले रत्नपार्कमा दिनहुँ युवाहरू यौन प्यास मेटाउने नाममा ठगिइरहेका छन् । साँझ ७ बजेपछि रत्नपार्कको बाहिरी गेट वरिपरि र पुरानो बसपार्कभित्र यौनबारे मोलमोलाइ सुरु हुन्छ । प्रहरीहरू घुमिरहेका भए पनि तिनलाई बेवास्ता गर्दै युवायुवतीहरूबीच मोलमोलाइ भइराखेको हुन्छ । अहिले रत्नपार्क दैनिक युवाहरू ठगिने अखडा बनिरहेको छ ।
– गोविन्द विक, बुनपा–१२ कपन, काठमाडौं

प्रकाशित : कार्तिक ४, २०७६ ११:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ओली–प्रचण्ड रसायन

कान्तिपुर संवाददाता

‘वर्तमान सरकार मेरो लिडरसिपमा बनेको हो  । कसैले लखेट्दैमा केही हुँदैन’ भन्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कथनले पुन: ओली–प्रचण्डबीच खटपट सुरु हुनथालेको संकेत दिएको छ  ।

ओलीले अध्यक्ष पद भने पनि ‘सिनियर’, ‘जुनियर’ हुने तर आफूले बराबरी हैसियत दिएको र सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा कुनै सहमति नरहेको बताएर प्रचण्डलाई झस्काएका छन् । प्रचण्ड पनि नेपाली कांग्रेससँग पहिले पनि सहकार्य गरेको र अब आउने दिनमा पनि सहकार्य हुनसक्ने सम्भावना रहेको बताएर ओलीलाई तर्साउँदैछन् । ओलीले पहिलोपालि प्रधानमन्त्री पदबाट राजीनामा गर्दा पनि अरुणा लामाको गीत संसदमा गाएकै हुन् र यसपालि पनि गाउने दिन आए, त्यसलाई आश्चर्य नमान्दा हुन्छ । ओली–प्रचण्डबीच सुरु भएको कटाक्ष र गलत अर्थ लाग्ने संवादले पुन: नेकपामा विभाजनको खिचडी पाक्दै गरेको संकेत दिएको छ । यी दुईबीच विवाद भएमा त्यसको नकारात्मक असर नेकपामा त पर्छ–पर्छ, देशलाई पनि पर्छ । किनकि दुई ठूला साढे जुध्नथालेमा ससाना बाछाबाछी र ठूलो मात्रामा घाँसपात मडारिन पुग्छन् । त्यो अवस्था आउन नदिन अहिलेदेखि नै नेकपाका दोस्रो तहका नेताहरू सक्रिय र हस्तक्षेपकारी बन्नुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक ४, २०७६ ११:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT