१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विकृत बन्दै नेपाली समाज

कान्तिपुर संवाददाता

पछिल्लो समय हत्या, हिंसा, बलात्कारजस्ता घटनाहरूमा अत्यधिक वृद्धि भइरहेको प्रहरीका तथ्यांकले देखाइरहेका छन्  । अझ प्रहरीसमक्ष नपुगेका त्यस्ता अनगिन्ती घटना छन्  ।

पछिल्ला विकसित घटनाले त नेपाली समाज आज कुन मोडमा आइपुगेको छ, छर्लङ्ग भएको छ । रेशम चौधरी, कृष्णबहादुर महरा हुँदै पार्वत गुरुङ र मोहमद आफताब आलमसम्म आइपुग्दा शक्तिको आधारमा मानिसहरू कसरी पदीय दुरुपयोग गर्छन् र यिनीहरूको शक्तिका आधारमा हाम्रा कानुनलाई कसरी बन्धक बनाउँछन् भन्ने प्रस्ट भएको छ । आम नेपालीले उनीहरूलाई भोट यस्तै कर्मका लागि दिएका थिए ? राजनीति सेवाका लागि हो वा शक्ति प्रयोगका लागि भन्ने प्रश्न अहिले ज्वलन्त बनेको छ । अब राजनीतिक दलहरूले सोच्ने बेला आएको छ, खोज्ने बेला आएको छ ।
– राम कृष्ण बराल, जोरपाटी २

प्रकाशित : कार्तिक ३, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?