वास्तविकतासित मेल नखाने दाबी

कान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा मिथ्या दाबी गरेका छन्  । उनले आफ्नो सरकारले निकै राम्रो काम गरेको तर आँखा चिम्लिनेहरूले त्यो देख्न नसकेको आरोप लगाएका छन्  ।

तर उनको त्यो दाबी वास्तविकतासँग कतै मेल खाँदैन । उनले सरकारको कामबारे गरिब जनताको रगत–पसिनाबाट उठाएको राष्ट्रकोषबाट वृद्धवृद्धालाई भत्ता बढाउँदैमा देशको विकास भएको मान्नु कमजोरी सिवाय केही होइन । यो कुनै गर्वको विषय होइन । उनले आफ्नो १८ महिने सत्ता सञ्चालनमा देशमा कति रोजगारी बढाए ? कति उद्योग, कलकारखाना बढाए ? कति निर्यात बढाए ? २१ वटा गौरवको आयोजना कुन हालतमा पुर्‍याए ? त्यो तथ्याङ्कसहित बताउन सक्नुपर्छ । उनको पालामा न तामाकोशी पूरा भयो नत मेलम्ची नै । न कलङ्की नागढुङ्गा सडक पूरा भयो नत बौद्ध–जोरापाटीको नै । फास्ट ट्रयाकको प्रगति केवल ८ प्रतिशतमा सीमित छ र पनि प्रधानमन्त्री ठूला कुरा गर्छन् । आधारहीन फुइँ लाउँछन् । आँखा चिम्लिएको आरोप लाउँछन् । जनताको आँखा सद्दे छ, प्रधानमन्त्रीज्यू । विकास र समृद्धिको कुरा प्रधानमन्त्रीको भाषणबाट होइन, जनताले महसुस गर्ने विषय हो । सरकारले कस्तो काम गरेको छ, त्यसबारे आम जनताले भनिहाल्छन् नि । अहिलेको अवस्थामा सरकारले गरेको कामबारे जनता जनार्दनलाई सोध्ने हो भने आफै सत्य उद्घाटित हुनेछ । प्रधानमन्त्री ओलीलाई उत्तीर्णाङ्क ल्याउन पनि हम्मे–हम्मे पर्नेछ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक १, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?